माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै « Khabarhub

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदै


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

बैठक नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे सुरु हुनेछ माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

केन्द्रीय समिति बैठकका लागि सोमबार बसेको पदाधिकारी बैठकले केही एजेन्डा तय गरिसकेको छ ।

केन्द्रीय समिति बैठकमा नेताहरूको जिम्मेवारी बाँडफाँड, संगठन विस्तारका लागि तीन महिने अभियान घोषणा, विशेष महाधिवेशन र विधान महाधिवेशन तथा समसामयिक विषयअन्तर्गत सरकार, संसदलाई पनि एजेन्डाका रुपमा प्रस्तुत हुनेछ ।

पाँच दिनसम्म चल्ने बैठकको सुरुमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गर्नेछन् । त्यसपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ ।

बैठकमा ७ सय ५८ जना नेता सहभागी हुने माओवादीले जनाएको छ । बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, प्रदेश समितिका १ सय जना पदाधिकारी तथा निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका ७५ जना गरी ७ सय ५८ जनाले भाग लिने छन् ।

यसअघि माओवादीको केन्द्रीय समिति बैठक २०७९ असार १९ गते बसेको थियो ।

यसैबीच, राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई अन्तिम रुप दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरे पछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ३२ बजे

हेटौँडामा प्रदेशका शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन सुरु

हेटौँडा– शिक्षा क्षेत्रको विकास, उच्च शिक्षाको गुणस्तर सुधार तथा अन्तरप्रदेशीय

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर