गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन « Khabarhub

गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म ६ लाख तीन हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो ।

मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार यही साउन १ गते परेको पहिलो सोमबार तीन लाख ६५ हजार, साउन ८ गते ९६ हजार र १५ गते एक लाख ४१ हजार भेटी सङ्कलन भएको हो ।

मन्दिरमा सङ्कलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी कोषमा राखिएको छ । प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताइन् ।

ठूला पर्वमा भोलिपल्टै तथा अरु बेला महिनामा दुई पटक भेटी गन्ने गरिन्छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल ल्याइ स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ जाने भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रूपी चिह्न मानव निर्मित नभई स्वयम् उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ४४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४