गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन « Khabarhub

गलेश्वर मन्दिरमा ६ लाख भेटी सङ्कलन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा सोमबारसम्म ६ लाख तीन हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको तेस्रो सोमबारसम्म सो भेटी सङ्कलन भएको हो ।

मङ्गलबार सरोकारावाला निकायको उपस्थितिमा मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार यही साउन १ गते परेको पहिलो सोमबार तीन लाख ६५ हजार, साउन ८ गते ९६ हजार र १५ गते एक लाख ४१ हजार भेटी सङ्कलन भएको हो ।

मन्दिरमा सङ्कलन भएको भेटी मुचुल्का गरेर प्रहरीकै सुरक्षामा भेटी कोषमा राखिएको छ । प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याएर कोषका पदाधिकारी, कर्मचारी गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा गनेर सार्वजनिक गरिएको कोषकी कोषाध्यक्ष कुमारी रोकाले बताइन् ।

ठूला पर्वमा भोलिपल्टै तथा अरु बेला महिनामा दुई पटक भेटी गन्ने गरिन्छ । मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रुपमा रहेको गलेश्वर शिवालयमा कालीगण्डकी नदीबाट जल ल्याइ स्नान गर्ने व्यवस्था मिलाइएको छ ।

कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मुक्तिनाथ जाने भक्तजनले यहाँ दर्शन गर्ने गरेका छन् ।

ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शङ्खचक्र, नागमणि आदि चक्राकार रूपी चिह्न मानव निर्मित नभई स्वयम् उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ६ : ४४ बजे

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई