कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने « Khabarhub

कोशीका नवनियुक्त मुख्यमन्त्री थापाले आज शपथ लिने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् ।

हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त थापाको शपथ बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको छ ।

थापाले आजै मन्त्रिपरिषद विस्तारको तयार गरेका छन् । उनले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ ।

गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।

सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया फेरि सुरु गर्न परमादेश दिएको थियो । हिजो सभामुख गौतमलाई राजीनामा गराएर थापा फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ८ : ०० बजे

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)

बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारीका परिवारलाई राहत दिन थालियो

काठमाडौं- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका

आरुघाटमा हेलिकप्टरको आसमा अलपत्र परेका यात्रु, सडक सञ्जाल अवरुद्ध हुँदा समस्या (तस्बिरहरू)

गोरखा– काठमाडौंबाट विभिन्न स्थानबाट गृह जिल्ला फर्किंदै गरेका सर्वसाधारणहरू सडक