दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन « Khabarhub

दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

सान पाओलो– विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ ।

ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो ।

पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त भएको छ। सन् १९१७ को विवाह प्रमाणपत्रका अनुसार गोम्सको जन्म ४ अगस्ट १८९५ मा भएको थियो। 

यदि उनको उमेरको बारेमा उनको दाबी साँच्चै सही छ भने उनले दुवै विश्वयुद्ध र तीन विश्वव्यापी महामारीको घटनाहरूका पनि आफू बाँच्न सफल भएका थिए ।

गोम्सले जनावरहरूलाई पाल्ने काम गर्थे। उनले एक नम्र र सरल व्यक्तिको आफ्नो छवि सिर्जना गरेका थिए । उनले पुर्ण प्राकृतिक जीवनशैली बिताए। उनी औद्योगिक उत्पादनबाट टाढै रहे र ग्रामीण क्षेत्रका वस्तुलाई प्राथमिकता दिने गरेको थिए । उनको आहारमा स्थानीय रूपमा उब्जाइएको खानेकुरा समावेश थियो र उनी कहिलेकाहीं पिउने गर्थे। 

उनका सात छोराछोरी, २५ नातिनातिना, ४६ पनाति पनातिना छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १० : ५९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै