बिर्तामोडमा रहेको विषादी जाँच्ने प्रयोगशाला बन्द « Khabarhub

बिर्तामोडमा रहेको विषादी जाँच्ने प्रयोगशाला बन्द


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको बिर्तामोडमा रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला बन्द भएको छ । उक्त प्रयोगशाला यही साउन १२ गतेदेखि बन्द भएको हो ।

झापाको सबैभन्दा ठूलो कृषि बजारका रुपमा स्थापित बिर्तामोड कृषि थोक बजार परिसरमा रहेको सो प्रयोगशालामा भारतबाट आयातित तथा स्थानीय किसानले उत्पादन गर्दै आएको तरकारी तथा फलफूलको विषादी परीक्षण हुँदै आएको थियो । कृषि मन्त्रालयअन्तर्गत सञ्चालित उक्त विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका कर्मचारीले आर्थिक अभाव देखाउँदै चार दिनअघि सेवा बन्द भएको जानकारी गराएको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल पौडेलले बताएका छन् ।

प्रयोगशाला बन्द भएपछि त्यहाँबाट तरकारी तथा फलफूलको दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ । विषादी नजाँची बजारमा दैनिक उपभोग्य तरकारी तथा फलफूल बिक्रीवितरण भइरहेको छ । 

यसैबीच, उपभोक्ता जागरण अभियानको टोलीले मङ्गलबार बिर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीलाई भेटेर चार दिनदेखि बन्द रहेको विषादी जाँच्ने सरकारी प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरेको छ । उपभोक्ता जागरण अभियानका सचिव विशाल थापाले प्रयोगशाला अविलम्ब सञ्चालनमा ल्याउन माग गरे ।

सो प्रयोगशाला संघीय सरकारको कृषि मन्त्रालय मातहत रहेको र स्थानीय स्तरमा त्यसको सञ्चालनका लागि नगरपालिकाले एउटा मेसिन र दुई कर्मचारी खटाएको बिर्तामोड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए। उनका अनुसार नगरपालिकालाई कुनै जानकारी नगराई संघीय सरकारका तर्फबाट खटिएका दुई कर्मचारीले प्रयोगशालामा ताला लगाएको पाइएको छ ।

 इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने तरकारी तथा फलफूलसमेत बिर्तामोडको कृषि बजारमा ल्याइने गरेको छ । यही बजारबाट खुद्रा व्यवसायीले जिल्लाभर तरकारी तथा फलफूल पुर्‍याउने गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : १५ बजे

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले