माओवादीको केन्द्रीय समिति बैठक सुरु | Khabarhub Khabarhub

माओवादीको केन्द्रीय समिति बैठक सुरु


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा बुधबार दिउँसो बैठक सुरु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । माओवादीको केन्द्रीय समिति बैठक आगामी साउन २१ गतेसम्म चल्नेछ । बैठकमा संगठनात्मक र राजनीतिक प्रतिवेदनमाथि छलफल र बहस हुनेछ ।

बैठकमा प्रस्तुत हुने राजनीतिक र सांगठनिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले तयार पारेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १ : ४३ बजे

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका