रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म पनि बलेन बिजुली « Khabarhub

रोल्पामा खम्बा गाडेको पाँच वर्षसम्म पनि बलेन बिजुली


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– सुनछहरी गाउँपालिका–२ भित्रीगाममा विद्युत्का खम्बा गाडेको पाँच वर्षसम्म पनि बिजुली बलेको छैन । अन्धकार गाउँमा खम्बा गाड्न थालेपछि बिजुली आउने भयो भन्दै हौसिएका स्थानीय पाँच वर्षसम्म बिजुली नबल्दा निरास भएका छन् ।

‘वडा नं २ का करिब चार सय घरधुरीमा विद्युत् विस्तार गर्ने योजनानुसार पाँच वर्षअघिदेखि काम थालनी भए पनि अहिलेसम्म बिजुली बाल्न पाएका छैनौँ’, स्थानीय अमन बुढामगरले भने, ‘खम्बा गाडेर तार झुन्ड्याएको छ, सुरु-सुरुमा विद्युत् आउने आशा लाग्थ्यो, अब आशा पनि मर्न लागिसक्यो ।’

झिम्रुक जलविद्युत् आयोजनाअन्तर्गत केन्द्रीय प्रसारण लाइनबाट उक्त लाइन विस्तार गर्न लागिएको हो । विद्युत् विस्तारको जिम्मा लिएको मुख्य निर्माण कम्पनीले साना–साना निर्माण व्यवसायीलाई काम दिँदा योजना निर्माणमा ढिलाइ भएको स्थानीयको भनाइ छ । पेटीमा काम दिँदा समयमै विद्युत् विस्तार हुन नसकेको स्थानीय मनपती विकले बताए ।

जनआवाज प्राथमिक विद्यालय झेल्कुङका विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका विकका अनुसार विद्युत् नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । ‘हुनेखानेको घरमा सोलार छ, त्यसैको उज्यालोले काम चल्छ, गरिब विपन्नको घर सधैँ अन्धकार हुन्छ’, उनले भने, ‘सोलारले पनि कहिले काम गर्ने कहिले नगर्ने समस्या भइरहन्छ ।’

भित्रीगाम रोल्पाको सबैभन्दा दुर्गम वडा हो । जिल्ला सदरमुकाम लिवाङबाट २८ कोश टाढा रहेको उक्त वडामा सुनछहरी गाउँपालिको केन्द्र पोवाङबाट समेत एक दिनको पैदलयात्रा गर्नुपर्छ । जिल्लाका अधिकांश वडा कार्यालयसम्म सडक सञ्जाल जोडिए पनि सो वडामा अझैसम्म सडक सञ्जाल जोडिएको छैन । विद्युत्, सडकमात्रै होइन उक्त वडा शिक्षा, स्वास्थ्यजस्ता आधारभूत र अत्यावश्यक सेवाबाट समेत टाढा छ ।

माध्यमिक तहको विद्यालय नहुँदा यहाँका विद्यार्थी पाँच घन्टा पैदलयात्रा गरी अर्को वडामा रहेको विद्यालयमा अध्ययन गर्न जाने गर्दछन् । मगर र दलित समुदायको बाहुल्यता भएको सो वडा स्वास्थ्य सुविधाबाट समेत बञ्चित छ । वडामा दुई सामुदायिक स्वास्थ्य एकाइ रहे पनि स्वास्थ्यचौकीको सेवा लिन पाँच घन्टाको पैदलयात्रा गरेर बाहिरी गाम जानुपर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  २ : ५१ बजे

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी

तेहरान- इरानले होर्मुज जलडमरूमध्य हुँदै अघि बढिरहेको टोगोको झन्डा बोकेको

धार्मिक विधिअनुसार ५३ वर्षीय रोनाल्डो हात्तीको अन्त्येष्टि (तस्बिरहरु)

काठमाडौं- चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती