विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूमध्ये गोदावरी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१-०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका-३ स्थित फाप्ला ग्राउण्डबाट, धनगढी उपमहानगरपालिका-८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका-३ ब्यारेलबाट र गोदावरी नगरपालिका-१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका-१ धनगढी रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।  

कञ्चनपुरको कञ्चनपुरका विभिन्न ठाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूमध्ये भिमदत्त नगरपालिका-९ ब्रह्मदेव बस्ने ३४ वर्षीय भानुभक्त जोशीलाई करिब २ ग्राम २४ मिलिग्रामसहित सोही ठाउँबाट र भिमदत्त नगरपालिका-१० गड्डा बस्ने जनक बहादुर कार्कीलाई करिब ९ ग्राम १७ मिलिग्रामसहित सोही नगरपालिका-१० भुजेला पुलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । 

कास्कीको पोखरा महानगरपालिका-३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित गोरखा सिरानचोक गाउँपालिका-४ घर भएका २३ वर्षीय विकास सिर्मललाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग.१ ख ४०९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-८ रंगशाला नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ८० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २४ वर्षीय तिर्थ रावतलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सिरहाको सिरहा नगरपालिका-१७ पटेर्वा बाँधस्थित सडकबाट करिब ७ किलो गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीलाई देख्नासाथ बीआर ३२ सी ६०२२ नम्बरको मोटरसाइकल छाडेर चालक फरार भएपश्चात् मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो । हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : १४ बजे

पोखराका मेयरको घरमा आगजनी गर्ने रास्वपाका नेता कारागार चलान

काठमाडौँ- पोखरा महानगरका मेयर धनराज आचार्यको घरमा २४ भदौको जेनजी

पूर्णबहादुरले बोल्न नदिएपछि गगनले दर्ता गराएका थिए अतिरिक्त धारणा

काठमाडौँ- गगन थापाले कांग्रेस केन्द्रीय समितिले निर्णय गरेअनुसार पुस २६–२८

मर्मतपछि एमालेको केन्द्रीय कार्यालयबाट नियमित काम सुरु

काठमाडौँ- नेकपा (एमाले) ले पुरानै ललितपुर, च्यासलस्थित केन्द्रीय कार्यालयबाट पार्टीको

पोखरामा बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना प्रविधि मेला

कास्की – पोखरामा यही बुधबारदेखि राष्ट्रिय औद्योगिक व्यापार र सूचना

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा – हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा