बाँकेमा लम्पी स्किनविरुद्धको खोप लगाइयो « Khabarhub

बाँकेमा लम्पी स्किनविरुद्धको खोप लगाइयो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ ।  

नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार पाँच सय डोज खोप पशुलाई लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

पशु सेवा विज्ञ केन्द्रका अधिकृत कमल चन्दले जिल्लामा अझै ८२ हजार डोजको खोप माग भएको जानकारी दिँदै वर्षा भएपछि पशुमा रोग बढ्दो अवस्थामा रहेको बताए। ‘पशुको मृत्यु दरमा कमी आएको छ र उपचार भएका पशु निको पनि हुँदै गएका छन्’, उनले भने  । अधिकृत चन्दले उक्त रोगका कारण दूधालु गाई वा भैँसीमा दूध उत्पादनको मात्रामा कमी आएको उल्लेख गर्दै थप डोज खोपका लागि मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । 

केन्द्रका अनुसार नेपालगञ्जमा चार हजार चार सय १८, राप्तीसोनारीमा चार हजार पाँच सय ६९, खजुरामा आठ हजार ३०, नरैनापुरमा चार हजार तीन सय ९५, कोहलपुरमा चार हजार आठ सय ५३, डुडुवामा चार हजार नौ सय ७५, जानकीमा चार हजार पाँच सय २७ र बैजनाथमा चार हजार आठ सय २५ गरी ४० हजार पाँच सय ९२ पशुमा सङ्क्रमण देखिएको छ । 

यसमध्ये राप्तीसोनारीमा २९, खजुरामा ४१, नरैनापुरमा सात, कोहलपुरमा १७, जानकीमा १२ र बैजनाथमा २२ सहित एक सय २८ पशुको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म पशुमा देखिएको सङ्क्रामक ‘लम्पी स्किन’विरुद्धको औषधि तथा उपचारमा रु चार लाख खर्च भएको र रु १० लाख ३३ हजार पाँच सयको खोप खरिद भएको अधिकृत चन्दले जानकारी दिए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : २८ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत