बाँकेमा लम्पी स्किनविरुद्धको खोप लगाइयो « Khabarhub

बाँकेमा लम्पी स्किनविरुद्धको खोप लगाइयो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका विभिन्न स्थानीय तहमा पशुमा देखिएको सङ्क्रमण ‘लम्पी स्किन’विरुद्ध पाँच हजार पाँच सय डोज खोप लगाइएको छ ।  

नेपालगन्ज उपमहानगरपालिकामा पाँच सय, राप्तीसोनारी गाउँपालिकामा आठ सय, खजुरा गाउँपालिकामा नौ सय, नरैनापुर गाउँपालिकामा पाँच सय, कोहलपुर नगरपालिकामा सात सय, डुडुवा गाउँपालिकामा पाँच सय, जानकी गाउँपालिकामा नौ सय र बैजनाथ गाउँपालिकामा सात सय गरी पाँच हजार पाँच सय डोज खोप पशुलाई लगाइएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । 

पशु सेवा विज्ञ केन्द्रका अधिकृत कमल चन्दले जिल्लामा अझै ८२ हजार डोजको खोप माग भएको जानकारी दिँदै वर्षा भएपछि पशुमा रोग बढ्दो अवस्थामा रहेको बताए। ‘पशुको मृत्यु दरमा कमी आएको छ र उपचार भएका पशु निको पनि हुँदै गएका छन्’, उनले भने  । अधिकृत चन्दले उक्त रोगका कारण दूधालु गाई वा भैँसीमा दूध उत्पादनको मात्रामा कमी आएको उल्लेख गर्दै थप डोज खोपका लागि मन्त्रालयलाई पत्राचार गरिएको जानकारी दिए । 

केन्द्रका अनुसार नेपालगञ्जमा चार हजार चार सय १८, राप्तीसोनारीमा चार हजार पाँच सय ६९, खजुरामा आठ हजार ३०, नरैनापुरमा चार हजार तीन सय ९५, कोहलपुरमा चार हजार आठ सय ५३, डुडुवामा चार हजार नौ सय ७५, जानकीमा चार हजार पाँच सय २७ र बैजनाथमा चार हजार आठ सय २५ गरी ४० हजार पाँच सय ९२ पशुमा सङ्क्रमण देखिएको छ । 

यसमध्ये राप्तीसोनारीमा २९, खजुरामा ४१, नरैनापुरमा सात, कोहलपुरमा १७, जानकीमा १२ र बैजनाथमा २२ सहित एक सय २८ पशुको मृत्यु भएको छ । बाँकेमा अहिलेसम्म पशुमा देखिएको सङ्क्रामक ‘लम्पी स्किन’विरुद्धको औषधि तथा उपचारमा रु चार लाख खर्च भएको र रु १० लाख ३३ हजार पाँच सयको खोप खरिद भएको अधिकृत चन्दले जानकारी दिए । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : २८ बजे

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले

तेक्वान्दो खेलाडी वैभवीले थाइल्यान्डमा जितिन् दुई रजत

काठमाडौँ– तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा भएको १४औँ रोयल प्रिन्सेस

सप्तकोशीमा जेट बोट दुर्घटना : तीन जनाको मृत्यु

विराटनगर – भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ यात्रु लिएर आउँदै गरेको

राष्ट्रपति पौडेलले गरे नवदुर्गा मन्दिरमा पूजाअर्चना

भक्तपुर- राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा