राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको बताएका छन् । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठकको शुभारम्भ गर्दै उनले जनतामा उत्पन्न भएको आशा र भरोसालाई सङ्गठनमा रुपान्तरण गर्नुपर्ने बताए ।

“अहिले देशको राजनीतिक जुन विन्दुमा छ, जनताले हाम्रो पार्टी र आन्दोलनबाट जे–जस्ता आशा र अपेक्षा गरेका छन्, पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रम, लिएका पहलकदमी र गरिएका गतिविधिबाट जनतामा नयाँ आशा पलाएको छ” उनले भने ।

केन्द्रीय समितिको बैठकले सरकारले गरेको कामलाई अझ व्यवस्थित गर्ने, प्रभावकारी बनाउने, राष्ट्र र जनताको आवश्यकतानुसार अगाडि बढ्न सहज वातावरण बनाउने उनको विश्वास छ । “राष्ट्रिय एकता  र स्वाधीनतालाई सुदृढ गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय एकता र स्वाधिनतालाई सुदृढीकरण गर्न केन्द्रीय समितिले छलफल र निष्कर्ष निकाल्ने छ”, उनले भने ।

अध्यक्ष दाहालले देशको राजनीतिमा देखापरेका विभिन्न विचार र प्रवृत्तिका बारेमा र पार्टीभित्रकै विगतका स्थितिका सिंहावलोकन र समीक्षा गर्दै आउने दिनमा नतिजामुखी काममा केन्द्रित हुन आवश्यक रहेको बताए । “यस बैठकले जनतामा उत्पन्न भएको आशा र भरोसाका स्थितिलाई सङ्गठनमा रुपान्तरण गर्ने, जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने अभियानमा बदल्नुछ । केन्द्रीय समितिको काँधमा त्यही मुलभूत जिम्मेवारी रहेको छ”, उनले भने ।

उनले देशको राजनीतिक समीकरण र राजनीतिक उतारढताव तथा पार्टीको आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब भएर बैठक बस्न ढिला भएको बताए । नेता कार्यकर्ताको सङ्ख्या ठूलो भए पनि माओवादी पार्टीजस्तो नभएको उल्लेख गर्दै अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकबाट कम्युनिष्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने बताए । उनले गम्भीर, जिम्मेवारीपूर्वक र अनुशासितरुपले बहस छलफल गरी यस बैठकलाई पार्टी पुनःनिर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन केन्द्रीय सदस्यलाई निर्देशन दिए ।

सरकारले देश र जनताको पक्षमा सकारात्मक र रचनात्मक काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा नयाँ सङ्कल्पका साथ अगाडि बढ्ने पहल गरिरहेको बताए । पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रक्रिया देखापरेको उल्लेख गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशमा त्यसको प्रभाव परिरहेको बताए ।

“आउने दिनमा अझ बढी प्रभाव पर्ने सङ्केत देखिएको छ । त्यस्तो स्थितिमा देशको स्वतन्त्रता, राष्ट्रियता, भौगोलिक अखण्डता र स्वाधिनतालाई सुदृढ गर्न बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नुपर्ने आवश्यकता छ”, उनले भने ।

अध्यक्ष दाहालले राजनीतिमा चुनौती र अवसर सँगसँगै आउने भन्दै उहाँले चुनौतीलाई अवसरमा बदल्ने विगतको उदाहरणबाट पाठ लिएर अगाडि बढ्नुपर्ने बताए ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा तीन सय ८५ पूर्ण केन्द्रीय सदस्य, एक सय ९८ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगका सदस्य ७५ र १० प्रदेशका पदाधिकारी एक सय गरी सात सय ५८ जनाको सहभागिता छ । बैठक पाँच दिनसम्म चल्नेछ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : १७ बजे

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी

एमालेमा यतिसम्म हुन्छ : जब गुन्डुको बैठक कक्षमा केपीसामु बेहोस भएर ढले जगन्नाथ

काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ