पाथीभरामा पर्यटन सूचना केन्द्र « Khabarhub

पाथीभरामा पर्यटन सूचना केन्द्र


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा क्षेत्रमा बहुउद्देश्यीय तथा पर्यटन सूचना केन्द्र भवन निर्माण हुने भएको छ । चालु आर्थिक वर्षका लागि सहरी विकास तथा भवन निर्माण विभागले बजेट विनियोजन गरेसँगै केन्द्र स्थापना हुने भएको हो ।

फुङ्लिङ नगरपालिका–११ तल्लो फेदी पाथीभरा जाने पदर्मागको प्रवेशद्वार भएकाले उक्त स्थानमा सूचना केन्द्र स्थापना गर्दा पर्यटकलाई सहज हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । उनका अनुसार केन्द्र स्थापनाका लागि विभागमार्फत रू ३५ लाख रकम विनियोजन भएको छ । उनले भने, “रू पाँच करोड माग गरेका थियौँ, अहिले बजेट थोरै आए पनि क्रमागत रुपमा आउँछ ।”

पाथीभरा आउने धार्मिक पर्यटकलाई यसको महत्वका साथै यात्राका क्रममा आवश्यक पर्ने सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यले केन्द्र स्थापना गर्न लागिएको समितिले जनाएको छ । केन्द्र स्थापना भएसँगै ताप्लेजुङमा रहेका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको एकै ठाउँबाट सूचना उपलब्ध हुनेछन् ।

“समुद्र सतहबाट तीन हजार सात सय मिटरमा अवस्थित पाथीभरा प्रसिद्ध धार्मिकस्थल हो”, काफ्लेले भने, “यहाँ दैनिक हजारौँ दर्शनार्थी आउने भएकाले उनीहरुको सहजताका लागि सूचना केन्द्र स्थापनाको पहल थालेका हौँ ।” उनका अनुसार समितिमा एकै दिन २० हजारसम्मले पूजापाठ गरेको तथ्याङ्क छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ४ : २९ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई