एशिया यू-२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने « Khabarhub

एशिया यू-२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता नेपालमा हुने


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भाद्रमा नेपालमा हुने भएको छ ।

नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भाद्र २ र ३ गते प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न  ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताएका छन् ।

प्रतियोगिताका लागि नेपाली यू-२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : २७ बजे

आशिका तामाङद्वारा बानी व्यहोरा सुधार्ने घोषणा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले अबदेखि आफ्नो

विपद् प्रभावितलाई सहयोग गर्न आह्वान

कास्की– अन्नपूर्ण गाउँपालिकाले विपद् प्रभावितलाई सहयोग गर्न आह्वान गरेको छ

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा