क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : अध्यक्ष ओली | Khabarhub Khabarhub

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : अध्यक्ष ओली


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि नेपाली कांग्रेसले केही नबोल्नु अचम्म भएको टिप्पणी गरेका छन् ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको आरोप पनि लगाए ।

आफूहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ ।

सुन तस्कारीको छानबिन गर्न नसक्नेले पारदर्शीताको कुरा गर्न नसुहाउने उनको तर्क छ । कार्यक्रममा उनले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप पनि लगाए ।

एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको उनको आरोप छ । उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ५८ बजे

सुर्खेतबाट साढे पाँच केजीभन्दा बढी अफिमसहित एक जना पक्राउ

सुर्खेत– सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एक जनालाई पक्राउ

नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा १५८ जनाले लिए सेवा

खोटाङ– नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको

पौडी सिक्न गएका बालकको पोखरीमा डुबेर मृत्यु

वीरगञ्ज– पौडी सिक्न गएका एक बालकको डुबेर मृत्यु भएको छ

ट्राफिक प्रहरी कार्यालय पाल्पाद्वारा तीन करोड राजस्व सङ्कलन

पाल्पा– जिल्ला ट्राफिक कार्यालय पाल्पाले नियमविपरीत सवारी साधन चलाएका ५९

६ करोडमा अस्पताल भवन निर्माण

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ७ हिस्तान औलामा ६ करोड रुपैयाँको लागतमा