क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : अध्यक्ष ओली « Khabarhub

क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि कांग्रेसले केही नबोल्नु अचम्म : अध्यक्ष ओली


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि नेपाली कांग्रेसले केही नबोल्नु अचम्म भएको टिप्पणी गरेका छन् ।

तुल्सीलाल अमात्यको २६ औ स्मृति दिवसका अवसरमा बुधबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन नमानेर नाइकेलाई बचाउने प्रयास भएको आरोप पनि लगाए ।

आफूहरु सरकारले बनाएको छानबिन समितिको विरोधमा नभएको तर अर्को निष्पक्ष छानबिन समिति बनाउनुपर्ने उनको भनाइ छ ।

सुन तस्कारीको छानबिन गर्न नसक्नेले पारदर्शीताको कुरा गर्न नसुहाउने उनको तर्क छ । कार्यक्रममा उनले सभामुखलाई बाध्य पारेर सरकारले सदन चल्न नदिएको आरोप पनि लगाए ।

एमाले सदन चलाउन तयार हुँदा पनि सरकारले सभामुखलाई सूचना टाँसेर बैठक स्थगित गर्न दबाब दिएको उनको आरोप छ । उनले सुन तस्करी प्रकरणमा सदनमा सांसदहरुले आवाज उठाउने भएकाले सरकार डराएको जिकिर गरे ।

सरकारले नै सदनको अवरोध हटाउन नचाहेपनि बालुवाटारमा भएको सहमति संसदमा आउँदा एमालेले छाड्यो भनेर भ्रम फैलाइएको उनले बताए ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ५ : ५८ बजे

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र

कृषि विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालयमा स्नातक तहमा अध्ययन गर्न

नेपाल पुलिस स्कुललाई रनिङ फुटबल ट्रफीको उपाधि

भक्तपुर- यस वर्षको सैनिक आवासीय महाविद्यालय अन्तरविद्यालय रनिङ फुटबल ट्रफीको

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : जंगी अड्डामा होइन जनतामा फर्कनुहोस

वीरगञ्ज- आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु