माओवादी बैठक : १८ जनाले राखे धारणा « Khabarhub

माओवादी बैठक : १८ जनाले राखे धारणा


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको पहिलो दिन आज १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्।

प्रज्ञाभवन कमलादीमा सुरु बैठकमा बोल्ने अधिकांश सदस्यले पार्टीलाई जीवन्तता दिन संगठन सुदृढीकरण गर्नुपर्ने धारणा राखेका थिए।

केही सदस्यले नेतृत्व चयनमा भएको एकाधिकारका विषयमा पनि प्रश्न उठाएको एक नेताले बताएका छन्। आठौं महाधिवेशनबाट अध्यक्ष पुष्पकमल दाहालले आफूखुशी पदाधिकारी चयन गरेकोमा सदस्यले असन्तुष्टि जनाएका छन्। 

उनीहरूले पार्टीलाई सही ढंगले चलाउने हो भने सबैले नेतृत्वले चुनावको सामना गर्न तयार हुनुपर्ने सुझाव दिएका थिए। सदस्यहरूले निर्धक्क र निर्भयका साथ आफ्ना धारणा राख्न सहज हुने भएकाले पनि बैठक लाइभ नगरिएको माओवादीको भनाई छ ।

यसअघि अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनमा जनतासँग जोडिन तीन महिने अभियान सञ्चालन गर्ने, आगामी मङ्सिरमा पार्टीको विधान सम्मेलन गर्ने लगायत प्रस्ताव गरिएको छ । माओवादीको बैठक आगामी ५ दिनसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : २९ बजे

सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति

कैलाली– कैलालीको चुरे गाउँपालिकास्थित सहजपुर–घरखेडा–निगाली सडकको स्तरोन्नति सुरु भएको छ

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज– बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । अनौपाचारिक

सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– चितवनको कालिका नगरपालिकाले तोकिएको समयमै प्रशासकीय भवन निर्माण नगरेको

मौसम खुल्दा ताप्लेजुङका डाँडाकाँडा सेताम्मे

ताप्लेजुङ– दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ सेताम्मे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)