एशिया यू–२० सेभेन्स रग्बी प्रतियोगिता नेपालमा आयोजना « Khabarhub

एशिया यू–२० सेभेन्स रग्बी प्रतियोगिता नेपालमा आयोजना


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एशिया यू–२० सेभेन्स महिला तथा पुरुष रग्बी प्रतियोगिता आगामी भदौमा नेपालमा आयोजना हुने भएको छ ।

नेपाल रग्बी संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशिया रग्बीको आयोजना र संघको व्यवस्थापनमा भदौ २ र ३ गते प्रतियोगीता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा एशियाका भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेड, हङकङ, उज्बेकिस्तान र नेपालको सहभागिता रहनेछ । जसमा पुरुष रग्बी सेमेन्सतर्फ ७ राष्ट्र र महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसियाले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले एशिया रग्बीको ट्रफी प्राप्त गर्ने संघका महासचिव गोबिन्द घिमिरेले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न ७२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यसका लागि एशिया रग्बी, राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद परिषद् र विभिन्न प्रायोजकहरूले साथ दिएको घिमिरेले बताए ।

प्रतियोगिताका लागि नेपाली यू–२० महिला तथा पुरुष राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भइरहेको संघले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ७ : ४६ बजे

रसुवा बाढी : मृतकको संख्या ६२६ पुग्यो

काठमाडौं – रसुवा बाढीमा परी ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ। नेपाल

बाढीपीडितका लागि त्रिवि र पोखरा विश्वविद्यालयका कर्मचारीको तलबबाट सहयोग

काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि त्रिभुवन

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,