बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय | Khabarhub Khabarhub

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ढाका- बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ ।

बङ्गलादेश नेशनलिस्ट पार्टी बीएनपीका कार्यवाहक अध्यक्ष तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताए ।

खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ भने उहाँकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।”

बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै तारिक रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिनुपर्ने र कामचलाउ सरकार गठन गरी निर्वाचनको पर्यवेक्षण गर्न दिन माग गर्दै बीएनपी र यसका सहयोगीहरूले गत वर्षदेखि शृङ्खलाबद्ध विरोध प्रदर्शन गर्दै आएका छन् ।

वरिष्ठ प्रहरी अधिकारी रशानुल हक सैकतका अनुसार रहमान दम्पतीलाई सजाय सुनाएपछि ढाकास्थित पार्टी मुख्यालयबाहिर करिब एक हजार बीएनपी समर्थकले ¥याली निकालेका थिए ।

पश्चिमा सरकारहरूले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् । यहाँ सत्तारुढ दलले विधायिकामा प्रभुत्व जमाएको र यसलाई रबर स्ट्याम्पको रूपमा ‘भर्चुअल’ रूपमा सञ्चालन गरिरहेको आरोप उनीहरूले लगाउँदै आएका छन् ।

सन् २००८ देखि लण्डनमा बस्दै आएका तारिक रहमानलाई सन् २००४ मा तत्कालीन विपक्षी नेतृ हसिनाको समर्थनमा आयोजित राजनीतिक ¥यालीमा २० जनाभन्दा बढीको ज्यान जाने गरी भएको ग्रेनेड आक्रमणमा संलग्न भएको आरोपमा सन् २०१८ मा आजीवन काराबासको सजाय सुनाइएको थियो । रहमानकी आमा खालिदा जिया त्यतिबेला प्रधानमन्त्री थिइन् ।

दुई पटकसम्म प्रधानमन्त्री बनेकी जियालाई सन् २०१८ मा भ्रष्टाचारको दुई छुट्टाछुट्टै मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो ।

उनको अनुपस्थितिमा तारिक रहमानले बेलायतबाट पार्टीको नेतृत्व गर्दै आएका छन् ।

राजनीतिमा संलग्न नरहेकी जुबैदा पेशाले चिकित्सक हुन् र उनलाई यसअघि कहिल्यै सजाय दिइएको थिएन । दोषी ठहरिएसँगै उहाँलाई घर फर्कन अबरोध सिर्जना भएको छ साथै यसले उनलाई चुनावमा प्रतिस्पर्धा गर्न अयोग्य बनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ३१ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं