बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली « Khabarhub

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अहिले बलियो राष्ट्रिय शक्ति निर्माण गर्नु आवश्यक रहेको बताएका छन् । ललितपुरको च्यासलमा तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गरे ।

“म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उनले भने, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नुपर्दछ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नुपर्दछ ।”

उनले व्यक्तिगत ‘इगो’ का कुरा छाडेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भनाइ राखे । “बलियो, सुदृढ, व्यापक राष्ट्रिय शक्ति निर्माण गरौँ । जसले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहितको रक्षा र सम्वर्द्धन गर्न सक्दछ । आफ्नो स्वतन्त्र नीतिका साथ अगाडि बढ्न सक्दछ । स्वतन्त्र ढङ्गले आफ्ना राष्ट्रिय आवश्यकता प्राथमिकता तोक्न र देशको विकास स्वतन्त्र ढङ्गले गर्न सक्दछ । त्यस्तो शक्ति आवश्यक रहेको छ”, उनले भने ।

एउटा सानो स्वार्थ पूरा गर्न, एउटा अवसरका लागि काम गर्ने कि राष्ट्रिय हितका काम गर्ने भन्ने प्रश्न उठेको भन्दै योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अगाडि बढाउन सक्ने, शान्ति सुव्यवस्था काम गर्नसक्ने शक्तिको आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

उनले राष्ट्रिय शक्ति निर्माणका लागि सबै गोलबन्द हुन आवश्यक रहेकोसमेत बताए । “विभिन्न पार्टीमा रहेका देशलाई माया गर्ने लोकतन्त्रलाई माया गर्ने कार्यकर्तालाई म आग्रह गर्नु चाहन्छु । आउनुहोस् गोलबन्द हौँ । राष्ट्रिय शक्ति निर्माण गरौँ । देशको रक्षा गरी अगाडि बढौँ”, उनले भने ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ४६ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति