जुम्लाको काँचो स्याउ रोक्न सिफारिस अनिवार्य « Khabarhub

जुम्लाको काँचो स्याउ रोक्न सिफारिस अनिवार्य


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

जुम्ला- यो याममा जुम्लाको काँचो स्याउ बजारमा गएपछि जिल्लाका सरोकारवाला निकायले रोकथाममा चासो देखाएका छन् । आज बसेको स्थानीय तहका प्रमुख, स्याउ किसान, स्थानीय व्यापारी, विषयगत कार्यालयका प्रमुखलगायतको सर्वदलीय बैठकले स्याउ परिपक्व भएपछि मात्रै बजारमा लैजाने निर्णय गरेको छ ।

व्यापारीले स्याउ खरिद गर्दा कृषि विकास कार्यालयको सिफारिस अनिवार्य गरिएको जिसस प्रमुख गौरीनन्द आर्चायले जानकारी दिए । जिल्लाका केही स्थानीय तहको काँचो स्याउ साउनको पहिलो सातामै सुर्खेतमा पुगेपछि जिल्लाको स्याउको गुणस्तरीयतामा प्रश्न उठेको थियो ।

स्याउ राम्रोसँग परिपक्व भएपछि मात्रै टिप्न यहाँका आठवटै स्थानीय तहलाई निर्देशन दिएको जिसस प्रमुख आर्चायको भनाइ छ । उनका अनुसार काँचो स्याउको बिक्रीलाई रोक्न सिफारिसबिनै निर्यात गर्न नपाइने निर्णय भएको छ ।

जिल्लाको काँचो स्याउ धमाधम बिक्री भएपछि स्थानीयवासीले सामाजिक सञ्जालमा व्यापक विरोध पनि गरेका छन् । तिला गाउँपालिकाको वडा नम्बर १ को काँचो स्याउ स्थानीय व्यापारीले खरिद गर्न लागेको स्याउ रोक्न लगाएको तिला गाउँपालिकाका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

पूर्ण रुपमा पाकेको, परिक्व भएको, रङ, गुलियो भरिएको स्याउ कृषि प्राविधि, कृषि कार्यालयको सिफारिसका आधारमा मात्र स्याउ निर्यात गर्ने निर्णय भएको कृषि विकास कार्यालय जुम्लाका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।

काँचो स्याउलाई बजारमा जान नदिन सार्वजनिक सूचनासमेत जारी गरिने भएको छ । काँचो स्याउ बजारमा ल्याउने व्यापारीलाई कानुनअनुसार कारवाही गरिने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए । जिल्लामा अहिले करिब चार हजार दुई सय ५० हेक्टरमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ९ : ५६ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ