झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ? « Khabarhub

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । यसको कारण के होला भन्ने तपाइँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदैछौँ ।  

आखिर झरनाको पानी किन सेतो देखिन्छ त ? कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तुलाई देख्छौँ । 

त्यसैगरी पानीबाट पनि सूर्यको प्रकाश ठोक्किएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ । 

जसरी सूर्यबाट प्रकाश आउँछ, त्यसरी नै त्यो प्रकाश र्फने गर्छ । त्यसैले त्यो बिनारङ्गको देखिन्छ । 

तर, झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने हुनाले ती पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परावर्तित गर्छन् । त्यही भएर तिनीहरु सेता देखिने गर्छन् । 

सूर्यको प्रकाश विभिन्न कोणमा बाङ्गिएर हाम्रो आँखामा प¥यो भने त्यो सेतो रङ्गको देखिन्छ ।

यो कुरा ऐनामा पनि लागू हुन्छ । चिल्लो सतह भएको ऐना रङ्गहीन देखिन्छ । तर, त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाङ्गिएर फर्कने हुँदा त्यो पनि सेतो देखिन्छ ।

त्यसैगरी, बादल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरू हुन्छन् । त्यसैले ती पनि सेतै देखिन्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ३३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ