झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ? « Khabarhub

झरनाबाट झरेको पानी किन सेतो देखिन्छ ?


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

तपाइँ हामी सबैले पानी जमेको ताल, पोखरी, खोला, नदी, समुद्र, झरना देखेका छौँ । तर, तपाईँले ख्याल गर्नुभएको छ ? तपाइँले देखेका ती ती सबैमध्ये झरनाको पानी बढी सेतो देखिन्छ । यसको कारण के होला भन्ने तपाइँलाई लागेको छ भने आज हामी यसको बारेमा जानकारी गराउँदैछौँ ।  

आखिर झरनाको पानी किन सेतो देखिन्छ त ? कुनै पनि वस्तुमा सूर्यको प्रकाश परेपछि त्यहाँ ठोक्किएर सूर्यको प्रकाश फर्कने गर्छ । यसरी फर्केको सूर्यको प्रकाश हाम्रो आँखामा परेपछि हामी त्यो वस्तुलाई देख्छौँ । 

त्यसैगरी पानीबाट पनि सूर्यको प्रकाश ठोक्किएर फर्कने गर्छ । समथर रुपमा बगेको पानीले एउटा ऐनाको जस्तो काम गर्छ । 

जसरी सूर्यबाट प्रकाश आउँछ, त्यसरी नै त्यो प्रकाश र्फने गर्छ । त्यसैले त्यो बिनारङ्गको देखिन्छ । 

तर, झरनाबाट झरेको पानी भने विभिन्न थोपाहरुमा टुक्रिने हुनाले ती पानीका थोपाहरुले प्रकाशलाई विभिन्न कोणमा परावर्तित गर्छन् । त्यही भएर तिनीहरु सेता देखिने गर्छन् । 

सूर्यको प्रकाश विभिन्न कोणमा बाङ्गिएर हाम्रो आँखामा प¥यो भने त्यो सेतो रङ्गको देखिन्छ ।

यो कुरा ऐनामा पनि लागू हुन्छ । चिल्लो सतह भएको ऐना रङ्गहीन देखिन्छ । तर, त्यही ऐनाको सतहलाई खस्रो बनाउने हो भने त्यहाँबाट पनि प्रकाश विभिन्न कोणमा बाङ्गिएर फर्कने हुँदा त्यो पनि सेतो देखिन्छ ।

त्यसैगरी, बादल र हुस्सुमा पनि पानीका विभिन्न थोपाहरू हुन्छन् । त्यसैले ती पनि सेतै देखिन्छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ३३ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको