गाउँमै माध्यमिक शिक्षा सुरु भएपछि बीचमै पढाइ छाड्ने बाध्यता हट्यो « Khabarhub

गाउँमै माध्यमिक शिक्षा सुरु भएपछि बीचमै पढाइ छाड्ने बाध्यता हट्यो


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवनको भरतपुर महानगरपालिका–२९ डुम्रेकी सुस्मिता चेपाङलाई माध्यमिक तहसम्मको अध्ययन गर्ने रहर थियो । तर गाउँको विद्यालयमा सो सुविधा नहुँदा माध्यमिक तह पढ्ने रहर अधुरै रहन्छ कि भन्ने चिन्ता पनि उत्तिकै थियो । गाउँ छाडेर सहरमा गइ पढ्न सक्ने अवस्था पनि थिएन ।

तर यतिबेला भने उनको चाहना पूरा हुने भएको छ । महानगरपालिकाले यस वर्षदेखि आफूले गाउँको विद्यालयमा माध्यमिक तहसम्मको पढाइ सुरु गर्ने भएपछि उनको पढ्नका लागि सहर जानुपर्ने बाध्यता हटेको छ ।

माध्यमिक तहको पढाइ नहुँदा यहाँ पढ्ने अधिकांश विद्यार्थी ८ कक्षा पढेपछि विद्यालय छाड्न बाध्य थिए । सुस्मिताकी दिदी सृजना पनि कक्षा ८ पास गरेपछि विद्यालय छाडेर घर बस्न बाध्य भइन् ।

आफू पढ्दै आएको विद्यालयमा कक्षा ९ मा पढ्न पाउने मध्येकी एक भाग्यमानी किशोरी बनेको उनी बताउँछिन् । कक्षा ८ पढेपछि पढाइ नै सकिने गरेकोमा अब माध्यमिक तहको ढोका पनि खुलेको भन्दै उनी हर्षित छिन् । डुम्रेमा कक्षा ३ सम्म पढेपछि त्यसपछिका कक्षा पढ्न गाउँका सबै चौकीडाँडा आउने गरेका छन् ।

चौकीडाँडाबाट नजिकको विद्यालय जुगेडीमा रहेको कविलास राष्ट्रिय मध्यमिक विद्यालय हो । त्यहाँको दुरी करिब १७ किलोमिटर छ । जहाँ घरबाट दैनिक जान र आउन सम्भव छैन ।

जसका कारण विद्यार्थीले कक्षा ८ पास गरेपछि पढाइ छाड्ने गरेका थिए । अहिले भरतपुर महानगरपालिकाले कक्षा १० सम्म पढाइ सञ्चालन गर्न अनुमति दिएपछि ८ पास गरेर पढाइ छाड्नुपर्ने बाध्यता हटेको हो ।

अहिले विद्यालयमा कक्षा ९ को पढाइ सञ्चालन भइरहेको प्रधानाध्यापक मुक्ति ढुङ्गानाले जानकारी दिए । कक्षा थप भएपछि ८ पास गरेर विद्यालय छाड्ने क्रम रोकिएको उनको भनाइ छ । ‘यहाँ पढेपछि कविलास र भरतपुरको बजार क्षेत्रमा नै जानुपर्छ । त्यहाँ जान यहाँका गरिब चेपाङ समुदायलाई सहज थिएन् । कक्षा ८ पास गरेपछि एकाधबाहेक सबैले विद्यालयको पढाइ छाड्थे’, उनले भने, ‘अब १० कक्षासम्म भएपनि यहाँ पढ्न पाउने भएका छन् ।’

चौकीडाँडा नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट करिब १० किलोमिटर दूरीमा छ । यहाँका शिक्षकलाई महानगरपालिकाले दुर्गम भत्ता मासिक दुई हजार दिने गरेको महानगरपालिकाका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले बताए । चौकीडाँडाको विद्यालयको भौतिक सुधार र शिक्षकलाई प्रोत्साहन गर्ने योजना महानगरपालिकाको रहेको उनको भनाइ छ ।

यहाँ शिक्षकलाई बस्नका लागि आवासको व्यवस्था छैन । विद्यालयका शिक्षकका बस्न आवासको व्यवस्था गरिदिन शिक्षक जीवन अर्यालले आग्रह गरे । चौकीडाँडामा लिफ्टमार्फत खानेपानी पुगे पनि विद्यालयमा नआएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिकाले कक्षा थपेपछि भवन निर्माण गर्न लागेको महानगर प्रमुख रेनु दाहालले बताइन् । सो भवन निर्माण गर्न ४१ लाखमा ठेक्का दिइएको छ । आगामी दिनमा कक्षा १२ सम्म पढाइ सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : २३ बजे

विधान संशोधन गरेर रास्वपा दलको नेता बन्दै बालेन्द्र, रविले पार्टी चलाउने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठकमार्फत् विधान संशोधन गरेर

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइनेछ : मन्त्री गौतम

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले नेपालका औषधि

चितवन, गोरखा र उदयपुरमा भारी वर्षा

काठमाडौं– मौसम बदली भएसँगै आज दिउँसो चितवन, गोरखा र उदयपुरमा

रास्वपा उम्मेदवार साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश

काठमाडौं- धनुषा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार