मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी जनशक्ति तयार « Khabarhub

मण्डनदेउपुरमा लघुउद्यमका ८० नयाँ उद्यमी जनशक्ति तयार


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोकमण्डनदेउपुर नगरपालिकाले विभिन्न सीपमूलक तालिममार्फत लघुउद्यमीका लागि ८० नयाँ उद्यमी जनशक्ति तयार पारेको छ ।

 नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत एक वर्षको अवधिमा ८० महिला तथा पुरुषलाई उद्यमी बनाइएको हो । कार्यक्रमअन्तर्गत नगरपालिकाले विभिन्न समयमा सिलाइकटाइ, गलैँचा बुनाइ, ब्युटिसियन र मोटरसाइकल वर्कशपको एक-एकमहिना तालिम प्रदान गरेको थियो । त्यसैगरी बाख्रापालन र तरकारी खेतीसम्बन्धी पाँच-पाँच दिनको तालिम सञ्चालन गरिएको थियो । 

चालिस महिलाका लागि ‘एड्भान्स’ सिलाइकटाइ तालिमसमेत प्रदान गरिएको नगरपालिकाका रोजगार संयोजक एवं लघुउद्यम विकास कार्यक्रमका स्रोत व्यक्ति सुरज पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष २०७९-८० मा उक्त कार्यक्रम नगरपालिकाका वडा नं ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । 

नगरपालिकाका चार वडामा नयाँ सिर्जित उद्यमीलाई नगरप्रमुख टोकबहादुर वाइबा र उपप्रमुख विष्णुमणि नेपालले वडास्तरमै प्रमाणपत्र र प्रविधि हस्तान्तरण गरेका छन् । ‘सीपमूलक तालिमप्राप्त स्थानीयले व्यवहारमा उतार्न प्रतिबद्धता जनाउनुभएको छ, नगरपालिकामा नयाँ उद्यमी थपिएकोमा खुसी छौँ’, वाइबाले भने।  

उनले एक महिनाको सिलाइकटाइ तालिम पूरा गरेकालाई थप दुई महिनाको ‘एड्भान्स’ तालिम दिने तयारी भएको बताए । सिलाइकटाइ, गलैँचा बुनाइ र ब्यूटिसियन तालिममा महिला मात्र सहभागी थिए । नगरपालिकाले एड्भान्स तालिमको व्यवस्थापन गर्नेछ भने मेसिन खरिदमा साझेदारी गर्ने जनाएको छ । यस्तै नगरले अब लघुउद्यम कार्यक्रममार्फत समाजमा पछिपरेका वर्ग र समुदायलाई पहिलो प्राथमिकताका दिइने जनाएको छ । 

यसैगरी नगरपालिकाले सिलाइकटाइ तालिममा सहभागी दुई जनाका लागि एक थानका दरले १८ मेसिन प्रदान गरेको छ । यस्तै चार थान गलैँचा बुन्ने मेसिन र एक सय लिटर क्षमताका १८ पानी ट्यांकीसमेत वितरण गरिएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : १९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।