आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु « Khabarhub

आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कराँची– अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी आदिवासी जिल्लामा आतंकवादीसँगको गोली हानाहानमा पाकिस्तानी सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको छ । 

खैवर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिकतालिवान पाकिस्तान (टीटीपी) आतंकवादी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएको हो।

उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मियाँ शाहमा शुक्रबार सेनाका जवानहरू गुप्तचर सूचनाको आधारमा खोजीका लागि त्यहाँ पुग्दा भिडन्त भएको थियो। घटनामा जारी विज्ञप्ति अनुसार आतंकवादीहरूले सेनाका जवानहरूलाई आक्रमण गरेपछि दुई समुहबीच गोली हानाहान भएको थियो।

 यस भिडन्तमा सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको थियो । मुठभेडमा एक आतंककारी पनि मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

सेनाले वजिरिस्तानमा आतंकवादलाई समाप्त गर्न अपरेशन चलाइएको बताएको छ। बिहीबार टीटीपी समूहले सेनामाथि गरेको आक्रमणमा नौ सैनिकको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : २४ बजे

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर– ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज रुपमा

राष्ट्रपति पौडेल आज जापान भ्रमणमा जाँदै 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आज (आइतबार) जापानको औपचारिक भ्रमणमा जाने

एक महिना लामो स्वस्थानी व्रत आज सकिँदै

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु

उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल