आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु « Khabarhub

आतंकवादी र पाकिस्तानी सेनाबीच भिडन्त, मेजरसहित दुईको मृत्यु


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

कराँची– अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी आदिवासी जिल्लामा आतंकवादीसँगको गोली हानाहानमा पाकिस्तानी सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको छ । 

खैवर पख्तुनख्वा प्रान्तमा प्रतिबन्धित तेहरिक ए तालिवान पाकिस्तान (टीटीपी) आतंकवादी समूहले गरेको आत्मघाती आक्रमणमा नौ सैनिकको मृत्यु भएको दुई दिनपछि यो घटना भएको हो।

उत्तरी वजिरिस्तान आदिवासी जिल्लाको मियाँ शाहमा शुक्रबार सेनाका जवानहरू गुप्तचर सूचनाको आधारमा खोजीका लागि त्यहाँ पुग्दा भिडन्त भएको थियो। घटनामा जारी विज्ञप्ति अनुसार आतंकवादीहरूले सेनाका जवानहरूलाई आक्रमण गरेपछि दुई समुहबीच गोली हानाहान भएको थियो।

 यस भिडन्तमा सेनाका एक मेजर र एक सैनिकको मृत्यु भएको थियो । मुठभेडमा एक आतंककारी पनि मारिएका छन् भने अर्का एक जना घाइते भएका छन् ।

सेनाले वजिरिस्तानमा आतंकवादलाई समाप्त गर्न अपरेशन चलाइएको बताएको छ। बिहीबार टीटीपी समूहले सेनामाथि गरेको आक्रमणमा नौ सैनिकको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ३ : २४ बजे

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६