सूर्यको अध्ययन गर्न आदित्य एल-१ अन्तरिक्षमा « Khabarhub

सूर्यको अध्ययन गर्न आदित्य एल-१ अन्तरिक्षमा


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान-३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज आदित्य एल-१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ । 

आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट आज बिहान सूर्ययान अर्थात् आदित्य एल-१ प्रक्षेपण गरिएको हो । 

सूर्यको अध्ययनका लागि प्रक्षेपण गरिएको भारतको यो पहिलो सूर्ययान हो । आदित्य एल-१को सहयोगमा अन्तरिक्षमा अनुसन्धान कक्ष स्थापना गरिने भारतीय अन्तरिक्ष अध्ययन केन्द्र (इसरो)ले जनाएको छ । 

यसैबीच, भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले  सूर्ययानको सफल प्रक्षेपण गरेकामा इसरोका वैज्ञानिकहरूप्रति बधाई ज्ञापन गर्दै भारतको अन्तरिक्ष इतिहासमा नयाँ इतिहास रचना भएको बताएका छन् । सूर्ययान सफलतापूर्वक प्रक्षेपण भएकामा त्यसले विश्वभर देशको प्रतिष्ठा बढाएको बताए । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ५ : ०८ बजे

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु