सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप | Khabarhub Khabarhub

सरकारले भ्रष्टाचार अभियान चलाइरहेको ओलीको आरोप


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार विरोधी नभएर भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाएका छन्।

सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताउँदै उनले माओवादी नेतृत्वको सरकार भ्रष्टाचार अभियान चलाइरहेको आरोप लगाए। एमालेले मुलुकबाट गरिबी उन्मूलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए। ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ’ उनले भने। 

२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। ‘नेपालको नक्सा सच्याउने, विप्लपसीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं। अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ?’ उनले प्रश्न गरे।

 नेपाल अब पछाडि परिराख्न नहुने बताउँदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। 

अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो,’ अध्यक्ष ओलीले भने। 

उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए। ‘वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ’ उनले भने।

एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ। तर एमालेकाविरुद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : १४ बजे

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि

चेम्बर अफ कर्मसको तीनवर्षे रणनीतिक कार्ययोजना : भन्सार दर खारेज, जीडीपी ७५ खर्ब

काठमाडौं– नेपाल चेम्बर अफ कर्मसको नयाँ कार्यसमितिले तीन वर्षे रणनीतिक

कांग्रेससँग गठबन्धन गर्न रविले स्वर्णिमलाई दूत बनाएर पठाएको दाबी

काठमाडौं- सहकारी ठगी प्रकरणले अप्ठेरो परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति