गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु  « Khabarhub

गण्डकीका सात सय ५९ वडामा माओवादीको रूपान्तरण अभियान सुरु 


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गण्डकी प्रदेशका सात सय ५९ वटै वडामा ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान सुरु गरेको छ ।

देशव्यापी तीन महिनाको अभियान कार्यक्रमअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका ८५ पालिकाका सबै वडामा आज एकैदिन उद्घाटन गरिएको पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले बताए।

अभियानका लागि माओवादीले गण्डकीमा पार्टीका केन्द्रीय सदस्यहरूलाई पालिका र प्रदेश कमिटीका सदस्यहरूलाई वडामा जिम्मेवारी दिएर पठाइएको छ । इन्चार्ज पौडेलले अभियान गण्डकी प्रदेशमा उत्साहपूर्ण तवरले सुरु भएको बताए। उद्घाटन समारोहमा विभिन्न गीत, सङ्गीत तथा नृत्य प्रस्तुत गरेर कार्यक्रम उल्लासमय बनाइएको थियो । अभियानको तयारीका भदौ पहिलो सातादेखि नै नेता–कार्यकर्ता आन्तरिक तयारीमा खटिएका थिए ।

इन्चार्ज पौडेलले भने, ‘प्रदेशका सम्पूर्ण वडामा आज एकैसाथ अभियानको शुभारम्भ भएको छ । पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह थपिएको छ । सबै वडाले कार्ययोजना बनाएका छन्, सोहीअनुसार तीन महिनासम्म प्रत्येक घर–घरमा पुग्ने गरी अभियान सञ्चालन हुन्छ ।’

जनतासँग माओवादी अभियानअन्तर्गत हरेक नेता एउटा वडामा जानुपर्ने निर्णय माओवादीले गरेको छ । सोहीअनुसार प्रदेशका इन्चार्जसमेत रहनुभएका सचिव पौडेलले पोखरा महानगरपालिका–२० भलाममा अभियानको उद्घाटन गरे ।

सो अवसरमा नेता पौडेलले विगतमा भए गरेका गल्तीहरू सच्याउँदै एकताबद्ध भएर पार्टी निर्माणमा लाग्ने स्पष्ट पारे। उनले भने, ‘जनताको बीचमा जाऔँ, जनताका कुरा सुनौँ, आलोचना सहौँ भनेर अभियान सुरु गरेका छौँ । पार्टी बनाउनका लागि हामी सबै अब सच्चिर अघि बढ्नु पर्दछ ।’

नेता पौडेलले अभियानका क्रममा जनताका घर–घरमा जाने, टोलमा जाने, श्रममा जोडिने, सदस्यता वितरण गर्ने आलोचना सुन्ने र जनताबाट सुझाव लिने गरी कार्ययोजना बनाइएको बताए। अभियानले पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासहित जनतामा समेत उत्साह छाएको उनले बताए। 

‘सरकारले सुशासनको पक्षमा काम गर्दा जनताले सम्मान गरेका छन् । कहीँकतै आलोचना पनि गरे होलान् । तर आलोचनाबाट डराउन हुँदैन । विरोध र असहमति ग्रहण गर्दै अघि बढ्नु आवश्यक छ’, पौडेलले भने। उनले गण्डकी प्रदेशका पार्टीका सबै सदस्यलाई देश, पार्टी र राष्ट्रियताको पक्षमा उभिदै जनताका दुःख, सुखमा तथा विकास निर्माणका काममा सधैँ साथमा रहन आग्रह गरे । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : २१ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ