प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसक्यो : ओली « Khabarhub

प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसक्यो : ओली


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


786
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई सरकार धेरै टिक्दैन भन्ने लागिसकेको बताएका छन् ।

एमाले लुम्बिनीको प्रथम अधिवेशनको शनिबार बुटवलमा उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रचण्डको पछिल्लो समयको अभिव्यक्तिले अब सरकार टिक्दैन भन्ने लागिसकेको बताएका हुन् । उनले एमालेले भने अहिले नै सरकारतर्फ नहेरेको जिकिर गरे ।

ओलीले देश बनाउने परिस्थीति बनेमात्रै सरकारमा जाने एमालेको नीति रहेको बताए । प्रचण्डले एमालेमा पहिरो जान्छ भन्ने अभिव्यक्तिप्रति टिप्पणी गर्दै ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताए ।

अध्यक्ष ओलीले यति , वाइडबडी लगाएतमा छानविन गरे सत्तामा रहेकाहरु नै जेल पर्ने दावी गरे। उनले ८४ को निर्वाचनमा अरु सवै मिले पनि एमाले एक्लैको बहुमत हुने अभियानमा लागेको उल्लेख गरे ।

त्यस्तै उनले विरोधीहरुलाई देखाउनका लागि पनि एकतावद्ध भएर जान जरुरी रहेको बताउँदै लुम्बिनीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ८ : ३७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी