भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द « Khabarhub

भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । भारतले दिएको २६७ रनको लक्ष्यमा बर्षाका कारण पाकिस्तानले ब्याटिङ गर्न पाएन् । खेल रद्द भएसँगै दुबै टोलीले १/१ अंक बाँडेका छन् ।

यसअघिको खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ।

त्यसअघि पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ४८.५ ओभरमा २ सय ६६ रनमा अल आउट भएको थियो ।

भारतका लागि हार्दिक पान्ड्याले सर्वाधिक ८७ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ईशान किशनले ८२ रनबनाए। खराब सुरुवात गरेको भारतलाई खेलमा फर्काउन किशन र पान्ड्याले पाँचौं विकेटका लागि १ सय ४१ बलमा १ सय ३८ रनको महत्वपूर्ण साझेदारी गरे ।

भारतका ओपनर रोहित शर्मा ११, शुभमन गिल १०, विराट कोहली ४ र श्रेयस ऐर १४ रनको योगदान गरे । प्रमुख चार ब्याटरलाई सुरुवातमै गुमाएको थियो ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले १० ओभरमा २ मेडनसहित ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यस्तै नसिम शाह र हरिस रौफले तीन/तीन विकेट लिए ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १० : ३७ बजे

चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन– चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी

बगदादस्थित अमेरिकी दूतावासमा फेरि आक्रमण

बगदाद – इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावास परिसरमा गएराति पुनः

डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

चितवन– डिभिजन वन कार्यालय चितवनले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त

९ करोडको लागतमा फलेवास नगरपालिका भवन निर्माण

पर्वत– सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत नगरपालिकाको

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

बाँके– नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय