युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन « Khabarhub

युक्रेनको समर्थनबाट अमेरिका पछि हट्दैन : बाइडेन


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनबाट अमेरिका पछि नहट्ने बताएका छन् ।

अमेरिकी संसदमा आइतबार अल्पकालीन विधेयक पारित भएको केही समय पछि राष्ट्रपति बाइडेनले सो कुरा बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राष्ट्रपति बाइडेनले भने, ‘अमेरिकी र युक्रेनीहरूलाई आश्वासन दिन चाहन्छु कि हाम्रो समर्थनमा भरोसा गर्न सक्नुहुन्छ।’

उनले अमेरिका युक्रेनको साथबाट पछि नहट्ने उल्लेख गर्दै रिपब्लिकनहरूलाई युक्रेनको समर्थनको बारेमा बोल्न पनि आह्वान गरेका छन्।

उनले भने, ‘मलाई आशा छ कि मेरा साथीहरूले युक्रेनलाई समर्थन गर्नेछन् । हामी युक्रेनका लागि अमेरिकी समर्थनलाई कुनै पनि हालतमा अवरोध हुन दिनेछैनौँ ।’

यतिबेला अमेरिकामा शट डाउनको सङ्कटमा छ । यसका बाबजुद पनि अमेरिका युक्रेनप्रति प्रतिबद्ध देखिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई समर्थन गर्न वाशिङ्टन पछि नहट्ने बताएका छन् । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ६ : ५२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा