घरकाे कुन दिशामा पानी राख्दा शुभ हुन्छ ?  « Khabarhub

घरकाे कुन दिशामा पानी राख्दा शुभ हुन्छ ? 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

हामी सबैले सुन्दै आएको कुरा उत्तर दिशामा पानीको स्रोत राख्ने गरेको । बुढापाकाले पनि उत्तर दिशामा नै पानीको स्रोत धारा पानीको गाग्री लगायतका समान राख्नु पर्छ भनेको पनि सुनिन्छ ।

पानीको आवश्यकता हाम्रो जीवनको एक प्राथमिक आवश्यकता हो । वास्तुशास्त्र अनुसार घर भित्र पानी राख्नका लागी उत्तर–पूर्वी दिशा उत्तम मानिएको छ ।

यो दिशामा घरभित्र पानीको भाँडा, घैंटो, वाटर प्युरिफाएर, जलपात्र हुनु निकै शुभ मानिन्छ ।

तर यही दिशामा छतमा पानीको ट्याङ्की राख्दा भने वास्तु दोष उत्पन्न हुन्छ । यसले व्यापारमा नोक्सान, घरमा बस्ने व्यक्तिको स्वास्थ्यमा समस्या आई औषधि उपचार खर्च बढ्ने र आकस्मिक दुर्घटनाको सम्भावना बढाउँछ ।

पुरातन शास्त्रीय धर्मग्रन्थहरूले भूगर्भीय जलस्रोत राम्रोसँग, बोरिंग, पोखरी, पौडी पोखरी, भूमिगत ट्याङ्की आदि उत्तर पूर्वमा अत्यन्तै शुभ मानिन्छ ।

बिहान सूर्यको  किरणहरूले उत्तर–पूर्वी कोणको जलीय स्रोतमा प्रभाव पार्दछ ।

वास्तु शास्त्र अनुसार छतमा पानीको ट्याङ्की दक्षिण–पश्चिम अर्थात नैऋत्य कोणमा ठाउँ बनाएर राख्नु पर्दछ ।

यस दिशामा राख्दा घरमा समृद्धि र उन्नति छाउनुका साथै लामो समयसम्म सुख शान्ति  छाउँछ भन्ने विश्वास गरिन्छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : १४ बजे

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२