पेस बलिङमा बलियो भारत | Khabarhub Khabarhub

पेस बलिङमा बलियो भारत


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जित्दा त्यस टोलीका धेरै बलरहरू अलराउण्डर थिए । यी मध्येका धेरैलाई ‘बिट एन्ड पिसेस’ क्रिकेटरको संज्ञा दिइन्थ्यो । मतलब यिनीहरू केही बलिङ पनि गर्न सक्थे । साथमा केही ब्याटिङ पनि गर्न सक्थे ।

यी मध्य कपिलदेव फरक थिए । उनी बलिङका लागि मात्र टोलीमा रहन लायक थिए । त्यस टोलीमा मदनलाल, रोजर बिन्नी, सन्दीप पटेल, मोहीन्दर अमरनाथ र दुई विशेषज्ञ मध्यम गतिका बलर वालिन्दर सन्धु र सुनिल वालसन समावेश थिए । टोलीमा रहेका एक मात्र विशेषज्ञ स्पिनर रवि शास्त्रीले फाइनलमा खेलेका थिएनन् ।

फाइनलमा पटेलको आवश्यकता परेन । साथै ६ बलर टोलीमा राखिएको सो खेलमा ओपनर कृष्ण मचारी श्रीकान्तलाई पनि समावेश गरिएको थिएन । जबकी एक वर्षपछि उनले न्युजील्यान्डविरुद्धको खेलमा पाँच विकेट लिएका थिए । सो प्रतियोगिताको सेमिफाइनल र फाइनलमा अमरनाथ म्यान अफ द म्याच घोषित भए ।

४० वर्ष यता क्रिकेटको स्वरूप फेरिएको छ । सो समयमा रन विकेट लिन भन्दा पनि रन रोक्नु अवश्यक थियो । सो समयमा रन बनाउन नसके पछि ब्याट्सम्यान आउट हुन्छ भन्ने मान्यता थियो । अहिले कुनै ब्याट्सम्यानलाई आउट गर्न सकेन भने रन हान्छ भन्ने हुन्छ । यस कारण विकेट लिने बलरकै आवश्यकता हुन्छ ।

सन् २०११ मा भारतले घरेलु भूमिमा उपाधि जित्दा शीर्ष क्रममा ब्याट्सम्यान सचिन तेन्दुल्कर, युवराज सिंह, वीरेन्द्र सेहबाग र सुरेश रैना सबै बलिङ गर्न लायक थिए । फाइनलमा यी मध्येका सुरुवाती दुई मात्र उपयोग गरिए । जहाँ विराट कोहलीसहित सात जनाले बलिङ गरेका थिए ।

प्रतियोगितामा सबै भन्दा सफल १२ मध्येका सात बलर मिडियम पेसरका थिए । जाहिर खानले सबै भन्दा धेरै २१ विकेट लिएको सो प्रतियोगितामा पाकिस्तानका लेग स्पिनर सहिद अफ्रिदीले पनि त्यत्ति नै विकेट लिएका थिए ।

सो विश्व विजेता भारतीय टोलीमा खानका साथमा अन्य सिमर एस श्रीसान्थ, मुनाफ पटेल, आशिष नेहरा र प्रवीण कुमार थिए । हरभजन सिंह, पीयूष चावला र रविचन्द्र आश्विन तीन स्पिनर थिए । गएका वर्ष झैँ त्यस समयमा पनि पेस आक्रमणलाई चासो दिइएको थियो ।

सन् १९८३ मा बिट एन्ड पिस खेलाडीले अहिले माथिल्लो क्रमका ब्याट्सम्यानमा नै धेरै निर्भर रहनुपर्नेमा जोड दिएका छन् । उनीहरूले तल्लो क्रमका रहने बलरबाट धेरै रनको आशा नगर्न सल्लाह दिन चाहन्छन् । यो सिद्धान्त झट्ट हेर्दा एकदमै सीमित ओभरको खेलमा मात्र लागु हुने देखिन्छ । तर कुनै पनि टोलीले आफूसँग भएको खेलाडीको आधारमा सबै कुराको निर्धारण गर्ने हो ।

जसप्रित बुमराह, मोहम्मद सिराज, मोहम्मद सामी, शार्दूल ठाकुर र हार्दिक पाण्डेको यो समूह साँच्चै उत्कृष्ट छ । बुमराह चोटमुक्त भएपछि त भारतको पेस आक्रमण संसारकै उत्कृष्ट हुनसक्छ ।

बुमराह नि उत्कृष्ट हुन् । एसिया कपको फाइनलमा गरेको शानदार प्रदर्शनले सिराजको आवश्यकता पनि प्रस्ट भइसकेको छ । भारतीय टोलीको तेस्रो सिमर को भन्ने प्रश्नमा सामी र ठाकुरको बीचमा अझै बहस हुनसक्छ ।

सन् २०११ मा जस्तै पिच बनाइएको छ या छैन भन्ने पनि होइन । सितले पनि पक्कै काम गर्न सक्छ। पछि बलिङ गर्ने टोलीका लागि सितले स्पिनमा अवरुद्ध हुनसक्छ। दुई बजेपछि खेल हुने भएकाले मिडियम पेसरका लागि सानो अप्ठेरो हुनसक्छ । त्यसकारण हरेक समयमा बलिङ गर्नका लागि तयार रहनुको विकल्प हुनै सक्दैन। भारतसँग यी कुनै पनि कुराको अभाव छैन ।

कुलदीप यादव अहिलेको समयमा संसारका उत्कृष्ट स्पिनर हुन् । घाइते भएका बायाँ हाते अक्षर पटेललाई विस्थापित गर्दै आश्विन टोलीमा समावेश भएपछि भारतको स्पिन समन्वय पनि उत्कृष्ट बनेको छ । जडेजा सहितको टोलीका कारण तीन स्पिनर समावेश भएका छन् ।

इंग्ल्यान्डसँग पक्कै पनि उत्कृष्ट पेस आक्रमण छ । सो टोलीमा मार्क उड, क्रिस ओएक, रेस टप्ली, डेभिड बेल्ली र साम कुरानले इंग्ल्यान्डको पेस आक्रमणलाई सम्हाल्ने छन् ।

यसैगरी नसिम साह चोटका कारण बाहिरिनुका बाबजुद सहिद अफ्रिदी, हरिस राउफ, हसन अलि र मोहम्मद बसिमका कारण पाकिस्तानको आक्रमण पनि सन्तुलित छ ।

अस्ट्रेलियाका माइकल स्टार्क, जोस हजेलउड, प्याट कुमीन्स, मार्कस स्टोनीस र क्यामरुन ग्रिन छन् । अहिले पेस आक्रमणकै आधारमा प्रतिस्पर्धा हुने हो भने भारत सबैभन्दा उत्कृष्ट ठहरिने छ ।

सन् १९८३ मा भारतले विश्वकप जितेको समयमा भन्दा अहिले देखिएको यो सबै भन्दा महत्त्वपूर्ण परिवर्तन हो ।

भारतको पहिलो पटकको विश्वकप उपाधि जितेको क्षण भने धेरैका लागि सम्झन लायक छ । दुई विश्वकप संस्करणमा एक खेल मात्र जितेको भारत सो विश्वकपमा अन्डर डगको रूपमा रहेको थियो भने पहिला ब्याटिङ गरेको भारत १८३ रनमा सीमित भएको थियो ।

भिभ रिचर्डसनका कारण ५०–१ को अवस्था भएसम्म क्यारेबीयन टोली वेस्ट इन्डिज तेस्रो पटक विश्व विजेता लगभग निश्चित झैँ देखिएको थियो ।

रिचर्डसनले एउटा बल हुक गरे । त्यो बल हावामा धेरै माथि उडेपछि भारतीय कप्तान कपिलदेवले मिडअनमा त्यसलाई फुत्कन दिएनन् । त्यसपछि वेस्ट इन्डिज १४० मा सीमित भएको थियो ।

विश्व क्रिकेटमा भारतीय टोलीको उदय गराउने त्यो क्यान महत्त्वपूर्ण थियो । सायद अब भारतका लागि तेस्रो पटक विश्वकप जित्ने अवसर प्राप्त हुने छ । यसका लागि बुमराह सहितको पेस आक्रमण मुख्य आधार हुन सक्छ।
स्रोतः बीबीसी

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ११ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका