स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु | Khabarhub Khabarhub

स्पेनको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

म्याड्रिड– स्पेनको दक्षिणपूर्वी शहर मर्सिया सहरमा रहेका तीन नाइट क्लबमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । 

ला फोन्डा भनेर चिनिने फोन्डा मिलाग्रोस नाइटक्लबमा आइतबार बिहान आगलागी भएको थियो । त्यसपछि यो छिमेकी क्लबहरूमा फैलिएको थियो ।

स्थानीय सञ्चारमाध्यमले मृतकमध्ये जन्मदिन मनाउने परिवारका सदस्यसमेत रहेको जनाएका छन् । प्रहरीका अनुसार मृत्यु भएका सबै ला फोन्डाका छन् । घटनामा १४ जना बेपत्ता भएको बताइएको छ । जसका कारण मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

आगलागी भएको क्लब मर्सियाको एटालायस क्षेत्रमा अवस्थित छ । राष्ट्रिय प्रहरीका डिएगो सेरलले आगलागी पछि क्लबको छत भत्किएको थियो । घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ११ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय