बेँसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने « Khabarhub

बेँसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै निजी रूपले पालिएका कुकुरलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बेँसीसहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरको संख्या वृद्धि भई फोहोर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सूचना जारी गरेको हो ।

विशेषगरी कुकुरले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाइदिने तथा घरभित्रै पसेर दिसापिसाब गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिसापिसाब गरी फोहर भएको गुनासो आएसँगै त्यसलाई व्यवस्थापन गर्न नगरपालिका लागिपरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले निजी रुपमा पालिएका कुकुरलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अव्यवस्थित तवरबाट दिसापिसाब गराउने कार्य बन्द तथा गराउन पनि सोही सूचनामार्फत आग्रह गरेको छ ।

नागरिकबाट गुनासो आएसँगै कुकुर व्यवस्थापनका निम्ति नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको हो ।

सो अवधि भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाइने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २६ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर