बेँसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने « Khabarhub

बेँसीशहरमा कुकुर पाल्न नगरपालिकाको अनुमति लिनुपर्ने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

लमजुङ– लमजुङको सदरमुकाम बेँसीसहर नगरपालिकाले कुकुर पाल्नका लागि नगरपालिकाबाट अनुमति लिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै निजी रूपले पालिएका कुकुरलाई नगरपालिकामा दर्ता गरी अनुमति लिन १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

बेँसीसहर नगरपालिकाको क्षेत्रभित्र अत्याधिक रुपमा वेवारिसे तथा घरपालुवा कुकुरको संख्या वृद्धि भई फोहोर प्रदुषण र दुर्घटनासमेत बढेको भन्दै त्यसलाई व्यवस्थापन गर्न नगरपालिकाले सूचना जारी गरेको हो ।

विशेषगरी कुकुरले बजार क्षेत्र अन्तर्गतका सडक छेउमा रहेका घर तथा होटलहरुमा पसी खानेकुरा खाइदिने तथा घरभित्रै पसेर दिसापिसाब गरी फोहर बनाउने र सडक पेटी तथा नालीहरुमा जथाभावी रुपमा दिसापिसाब गरी फोहर भएको गुनासो आएसँगै त्यसलाई व्यवस्थापन गर्न नगरपालिका लागिपरेको सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले निजी रुपमा पालिएका कुकुरलाई जथाभावी रुपमा नछाड्न र सडक पेटी, छेउ, भित्ता तथा नालीहरुमा अव्यवस्थित तवरबाट दिसापिसाब गराउने कार्य बन्द तथा गराउन पनि सोही सूचनामार्फत आग्रह गरेको छ ।

नागरिकबाट गुनासो आएसँगै कुकुर व्यवस्थापनका निम्ति नगरपालिकाले १५ दिनको अवधि दिएर सार्वजनिक सूचना जारी गरेको हो ।

सो अवधि भित्र घरपालुवा कुकुर नगरपालिकामा दर्ता नगराएमा तथा अनुमति नलिएमा नियमानुसार जरिवाना तथा कारबाही प्रकृया अगाडि बढाइने नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : २६ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको