नवलपरासीको देवचुलीमा सामूहिक पुष्प खेती | Khabarhub Khabarhub

नवलपरासीको देवचुलीमा सामूहिक पुष्प खेती


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले  आर्थिक तथा  कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ ।

देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको बताए । उनले क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य रहेको बताए । 

भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उनको भनाइ थियो ।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उनले बताए । उनले मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने बताए ।

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उनले आग्रहसमेत गरे । 

अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ । 

प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने बताइन् । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्ने उनको अपेक्षा रहेको छ ।

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताए । 

कलकतिया प्रजाति केही ढिलो फुल्ने गरेको र  कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको भण्डारीले बताए । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ३९ बजे

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

काठमाडौं- नेकपा माओवादी केन्द्रले आतइबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शहीद

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी

प्रभु साहको प्रश्न- जलसंकटले किसान मर्कामा छन्, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै सरकारको काम हो ? 

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले

प्यालेस्टाइन समर्थक प्रदर्शनमा असान्जसहित दशौँ हजार सहभागी

सिड्नी– गोप्य दस्तावेज सार्वजनिक गर्ने वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जसहित