नवलपरासीको देवचुलीमा सामूहिक पुष्प खेती « Khabarhub

नवलपरासीको देवचुलीमा सामूहिक पुष्प खेती


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– बेरोजगारलाई आर्थिक क्रियाकलापसँग जोड्दै आम्दानी बढाउन वडा कार्यालयको सहयोगमा सामूहिक पुष्प खेती गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली–१२ ले  आर्थिक तथा  कृषि शाखाले प्राविधिक सहयोग गरेसँगै यहाँ सामूहिक पुष्प खेती गरिएको छ ।

देवचुली–१२ का वडाध्यक्ष लोकप्रसाद भुर्तेलले युवालाई रोजगारसँग जोड्ने वडाको योजनाअनुसार पहिलो चरणमा पुष्प खेती सुरु गरिएको बताए । उनले क्रमशः अन्य आयमूलक क्रियाकलापमा जोड्ने लक्ष्य रहेको बताए । 

भौतिक पूर्वाधार मात्र विकास नभई मानवीय विकासलाई पनि प्राथमिकता दिनुपर्ने मान्यताका साथ बेरोजगारलाई स्वरोजगार बनाउने अभियानमा वडा रहेको उनको भनाइ थियो ।

वडाको सहयोगमा लक्ष्मीपुरमा १३ जना र प्रगतिटोलमा १२ जनाले सामूहिक सयपत्री फूल खेती सुरु गरेको उनले बताए । उनले मङ्सिरसम्म पुष्प खेतीमा हुने र त्यसपछि तरकारी खेतीलगायतका स्वरोजगार कार्यलाई वडाले लगानी गर्ने बताए ।

देवचुली नगरपालिकामा भएका सङ्घसंस्थाका कार्यक्रममा खादा प्रयोग नगरी किसानले उत्पादन गरेका फूलका मालाको प्रयोग गर्न उनले आग्रहसमेत गरे । 

अब फूल तयारी हुने क्रममा रहेकाले खादाभन्दा स्थानीय रुपमा उत्पादन हुने फूलको प्रयोगमा जोड दिन आवश्यक रहेको उनको भनाइ छ । 

प्रगतिटोल पुष्प खेती समूहकी सीता रेग्मीले फूल आवश्यक पर्नेका लागि थुँगा, माला बनाएर दिइने बताइन् । फूल बिक्रीबाट आएको रकमबाट आफ्नो सामान्य घरखर्च चल्ने उनको अपेक्षा रहेको छ ।

देवचुली–१२ मा कर्मा पाँच सय ५५, कर्मा एक सय ११ र कलकतिया प्रजातिका फूल लगाइएको देवचुली नगरपालिका कृषि शाखाका प्राविधिक नरेन्द्र भण्डारीले बताए । 

कलकतिया प्रजाति केही ढिलो फुल्ने गरेको र  कर्मा जातका फूल सामूहिक पुष्प खेती गरेको स्थानमा फुलिरहेको भण्डारीले बताए । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ३९ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि