गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित « Khabarhub

गण्डकी प्रदेशमा ६० गर्भवती र सुत्केरी हवाई उद्धारबाट लाभान्वित


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

कास्की– गण्डकी प्रदेशमा हालसम्म ६० जना महिला हवाई उद्धार सेवाबाट लाभान्वित भएका छन् ।

प्रदेश सरकारले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा उपचार सेवा प्रदान गर्ने गरी ‘एयर लिफ्टिङ’ सेवा सुरु गरेको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले यस कार्यक्रमअन्तर्गत विसं २०८० असार मसान्तसम्म ६० जनाको हवाई उद्धार गरिएको बताए । यसैगरी अघिल्लो आव २०७९-०८० मा छ जनाले यो सेवा लिएका थिए ।

 प्रदेश सरकारले विसं २०७५ देखि प्रदेशको हिमाली तथा दुर्गम क्षेत्रबाट जटिल प्रकारको स्वास्थ्य समस्या देखिएका सुत्केरी र गर्भवतीका लागि यो सेवा प्रदान गर्न सुरुआत गरेको हो । भौगोलिक रुपमा विकट र यातायातको पहुँच नभएका दुर्गम क्षेत्रका महिलाका लागि यो कार्यक्रम प्रभावकारी बनेको छ  ।

मन्त्रालयका सचिव शर्माले हवाई उद्धार प्रभावकारी भएको बताए। उनले भने, ‘हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन् । जटिल प्रकारको स्वास्थ्य समस्या देखिँदा विकटताका कारण स्थलमार्गमार्फत अस्पताल पुर्‍याउन असम्भव भएको समयमा हवाई उद्धार गर्दै आएका छौँ ।’

हवाई उद्धार सेवा गण्डकीका म्याग्दी, बागलुङ, गोरखा, लमजुङलगायतका जिल्लाका महिलाले बढी सेवा लिएका छन् । उनका अनुसार एयर लिफ्टिङ सेवालाई थप व्यवस्थितरूपमा सञ्चालनका लागि मन्त्रिपरिषद्बाट ‘जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यविधि, २०८०’ स्वीकृत गरिएको छ ।

संविधानले महिलालाई प्रदान गरेको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई प्रत्याभूत गर्न जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार गी सुविधासम्पन्न अस्पतालमा उपचार गरी जीवन रक्षाका लागि सो कार्यविधि निर्माण गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयका सचिवको संयोजकत्वमा हवाई उद्धार समन्वय समिति रहेको छ । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १२ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका