सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री  « Khabarhub

सुशासनले युवालाई देशमा बस्ने वातावरण बनाउँछ : गृहमन्त्री 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् ।

हेटौँडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव आज उद्घाटन गर्दै उनले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाए।

देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गरे । राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको उनको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने , ‘हामी सुशासनको अभियान अगाडि बढाउँदै समृद्धिको बाटोमा निरन्तर लागिरहेका छौँ ।’ 

राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्याङ्कन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएको उनले जानकारी दिए । 

गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो । 

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले कानुनी समस्याका कारण एक सय वाटको रेडियोलाई प्रदेश सरकारले समेट्न नसकेको बताउँदै प्रदेश सरकार सञ्चारमाध्यमको विकासका लागि हरदम तयार रहेको बताए। उनले सञ्चारमाध्यमलाई नियमनसँगै उत्कृष्टताका लागि प्रोत्साहन गर्ने बताए ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले वर्तमान सरकारले सुशासनका लागि चालेको कदम स्वागतयोग्य रहेको बताए । उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य अभिवृद्धि फिर्ता लिएर जनतालाई राहत दिएको भन्दै सरकारलाई धन्यवादसमेत दिए। सबैले आफ्नो स्थानबाट कर्तव्यको पालना गरेमा सुशासन कायम गर्न सकिने मन्त्री मोक्तानको विश्वास छ । 

बागमती प्रदेश सरकारले पनि सुशासन कायम गर्दै प्रदेशलाई समृद्ध बनाउने योजनासहित अगाडि बढेको बताउँदै उनले अब प्रदेशमा युवालाई स्वरोजगार बनाउनेतर्फ प्रदेश सरकार लागेको जनाए। निकास साप्ताहिक, रेडियो सन्देश र थाहा नेपालको अध्यक्ष सुनिल खड्काले सञ्चारको क्षेत्रबाट देश विकास र समृद्धिको यात्रामा लागि परेको बताए । 

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : २५ बजे

मापदण्ड विपरीतका संरचना नहट्दा सडक विस्तारमा समस्या

गण्डकी– सडकको अधिकार क्षेत्रभित्रका संरचना नहट्दा पोखरा–मुग्लिन सडक विस्तारमा समस्या

पशुपन्क्षीमा जथाभाबी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह

नेपालगञ्ज– पशुपन्क्षीमा जथाभाबी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ ।

पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीतर्फ किसानको बढ्दो आकर्षण

पाल्हीनन्दन– पश्चिम नवलपरासीमा व्यावसायिक तरकारी खेतीप्रति किसानको आकर्षण पछिल्ला वर्षहरूमा

रानी मुखर्जीको ‘मर्दानी ३’ रिलिज मिति सार्वजनिक 

काठमाडौं– बलिउडको चर्चित महिला–केन्द्रित प्रहरी फ्रेन्चाइज ‘मर्दानी’ फेरि एकपटक दर्शकमाझ