बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य « Khabarhub

बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा सकारात्मक कार्य गर्नुपर्छ : मन्त्री आचार्य


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रप्रसाद आचार्यले बालबालिका तथा ज्येष्ठ नागरिकका क्षेत्रमा सबै पक्षले सकारात्मक कार्य गर्नुपर्ने बताएका छन् ।

ज्येष्ठ नागरिक आश्रम निर्माणार्थ भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताँथलीमा सञ्चालित श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा उनले बालबालिका र ज्येष्ठ नागरिकको खानपान तथा बसोबासका लागि  आयोजना गरिएको महायज्ञ सकारात्मक कार्य भएको बताए । ‘सामाजिक क्षेत्रमा गरिएका कामले मानिसको पहिचान बनाउँछ । महायज्ञले लिएको संकल्प पूरा गर्न सबैको सहयोग आवश्यक छ’, मन्त्री आचार्यले भने ।

महायज्ञमा सङ्घीय सुनुवाइ समितिका सभापति एवं सङ्घीय सांसद किरणकुमार शाहले ज्येष्ठ नागरिकको हकहितले नै धर्म प्राप्ति हुने बताए। उनले राजनीतिभन्दा माथि उठेर सनातन धर्म र संस्कृतिका बारेमा सबैले सिक्नुपर्ने बताए । सडकमा रहेका बालक तथा ज्येष्ठ नागरिकलाई निःशुल्क गास, बास र कपासको व्यवस्थाका महायज्ञद्वारा थालिएको संकल्प पूरा हुनुपर्ने उनले औँल्याए ।

कार्यक्रममा ४० बढी ज्येष्ठ नागरिकलाई सम्मान 

विराट पितृ मुक्ति महायज्ञमा ७० वर्ष माथिका ४० भन्दाबढी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । महायज्ञमा सहभागी भएका विभिन्न जिल्लाबाट आउनुभएका ज्येष्ठ नागरिकलाई महायज्ञका गुरु एवं संकल्पकर्ता बालयोगेश्वर श्री विजयमूर्ति महाराज श्रीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । महायज्ञ असोज २७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ४ : ३४ बजे

इरानमा इन्धन ट्यांकर विस्फोट, मृत्यु हुनेको संख्या १२ पुग्यो

तेहरान- पश्चिमी इरानमा शनिबार भएको सडक दुर्घटनापछि इन्धन बोकेको ट्यांकर

तिब्बत क्षेत्रमा बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुग्यो, ५१९ जना बेपत्ता

बेइजिङ– चीन–नेपाल सीमा नजिकको हिमाली क्षेत्रमा गत भदौ १० गते

मदन पुरस्कार वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई, जगदम्बा-श्री किरण खरेललाई

काठमाडौं- मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी

भारतमा प्रहरीले भ्यानमा बाँधेर एक जनालाई निर्घात कुटेको भिडियो भाइरल, कारण यस्तो

काठमाडौं- भारतको गुजरातमा प्रहरीले एक जनालाई बीच सडकमा भ्यानमा बाँधेर

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय