पानी पर्ने सम्भावना रहेको भन्दै धान नकाट्न धनगढी उपमहानगरपालिकाको आग्रह « Khabarhub

पानी पर्ने सम्भावना रहेको भन्दै धान नकाट्न धनगढी उपमहानगरपालिकाको आग्रह


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले तीन दिनसम्म धान नकाट्न किसानलाई आग्रह गरेको छ ।

असोज १७ गतेसम्म पानी पर्ने सम्भावना रहेकाले धान नकाट्न भन्दै उपमहानगरपालिकाले मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क पारेको हो । साथै, नगर क्षेत्रमा माइकिङसमेत गरेर धान नकाट्न आग्रह गरेको छ।

धान पाकिसकेकाले यहाँका किसानले काट्न सुरु गरिसकेका छन् । काटिसकेका धान जतिसक्दो चाँडो भित्र्याउन धनगढी उपमहानगरपालिकाको आग्रह छ । किसानले धान काट्न सुरु गरेका बेला धनगढी उपमहानगरपालिकासहित कैलालीको विभिन्न क्षेत्रमा आज वर्षा भएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ७ : ४० बजे

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त