चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका « Khabarhub

चीनले सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोज्यो : अमेरिका


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकाले चीनमाथि सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको छ । अमेरिकाको विदेश मन्त्रालयले एक प्रतिवेदन सार्वजनिक गर्दै चीनले सामाजिक सञ्जाल प्रयोगकर्ताको डेटा सञ्चिती गर्ने गरेको, सेन्सरसिप र गोप्य रुपमा विदेशी सञ्चारगृह खरिद गरी सञ्चार क्षेत्रलाई प्रभावित बनाउन खोजेको आरोप लगाएको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चीनको यस्तो गतिविधिका कारण विश्वभर अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर गिरावट देखिएको छ । अमेरिकी विदेश मन्त्रालयले सूचनालाई प्रभावित बनाउनका लागि चीनले हरेक वर्ष अर्बौँ डलर खर्च गर्ने गरेको समेत जनाएको छ ।

चीन र अमेरिकाबीच भूराजनीतिक द्वन्द्व बढ्दै जाँदा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो ।

चीनले विश्वमा रहेको आफ्नो नकारात्मक छविलाई सुधार गर्नका लागि मिडिया र सञ्चारमाध्यमको प्रयोगलाई बढावा दिइरहेको अवस्थामा अमेरिकी विदेश मन्त्रालयको पछिल्लो प्रतिवेदन सार्वजनिक भएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ३ : ४६ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण