पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने | Khabarhub Khabarhub

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी गरेको छ ।

पाकिस्तानबाट प्रकाशित हुने ट्रिब्युन अखबारका अनुसार अवैध रुपमा पाकिस्तानमा बसोबास गरिरहेका अफगान शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको छ । पछिल्लो समय दुई मुलुकबीच तनाव बढ्दै जाँदा पाकिस्तानले अफगान शरणार्थीलाई स्वदेश फर्काउन लागेको हो ।

पाकिस्तानको अन्तरिम सरकारले अफगान शरणार्थीलाई स्वदेश फर्काउने निर्णय गरिसकेको र यसबारे अधिकारीहरुलाई निर्देशनसमेत दिइसकेको ट्रिब्युनले जनाएको छ ।

स्रोतलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएअनुसार सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता पाकिस्तानमा ४ लाख अफगानहरु अवैध रुपमा पाकिस्तान आएका छन् । त्यसअघि पाकिस्तानमा ७ लाख अफगानहरु अवैध रुपमा बसोबास गर्दै आएको अनुमान छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ५५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार