प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड आज बुटवल जाँदै


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन् ।

आम्दा अस्पतालको २५ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल बुटबल जान लागेका हुन् ।

आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रिपक्षीय लगानीमा निर्माण भएको उक्त अस्पताल ५० शय्या बनाइएको थियो ।

तर, अहिले सो अस्पतालको क्षमता विस्तार गरी २ सय शय्याकाे बनाउने भएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ भवनको शिलान्यास गर्नेछन् ।

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयका अनुसार प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : २२ बजे

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन

प्रचण्डजी के बोल्दै हुनुहुन्छ ? तपाईँको बोलीमा कुण्ठा मात्र देखिन्छ : शङ्कर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल