झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक « Khabarhub

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

गलकोट– तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउँछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरूको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ ।  

तिहारका लागि झिनियाँ बनाउन यतिबेला  घरेलु उद्यमीहरू निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरोकारवालाले सचेत बनाएका छन् । रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग हुन थालेपनि रङ्ग मिसाएका झिनियाँ उत्पादन नगर्न प्रशासनले महिला उद्यमीलाई सचेत बनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिएकी छन् । 

उनले झिनियाँ उत्पादन गर्ने उद्यमीलाई रङ्ग प्रयोग नगरी झिनियाँ उत्पादन गर्न आग्रह गरिएको बताउँदै उपभोक्ताले समेत तिहारमा सेता झिनिया मात्रै खरिद गर्नेगरी सचेत रहनुपर्ने बताइन् । रङ्गिन झिनियाँ खाँदा क्यान्सरजस्तो घातक रोग लाग्ने जोखिम हुने खाद्यप्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बताइन् । 

चाडपर्वको समयमा नेपालीहरूले मिष्ठान्न परिकार बढी बनाउने र त्यसमा अत्याधिक रङ्ग प्रयोग गर्ने गरेकाले यसले  जोखिम निम्त्याउने उनले बताएकी छन् । ‘जिल्लामा उत्पादन हुँदै आएको झिनियाँ रोटीमा अत्यधिक रङगको प्रयोग भएको देखिन्छ, हामीले रङ्ग मिसाएको खाद्य वस्तुलाई अखाद्य भन्दै आएका छौँं’ प्रमुख श्रेष्ठले भनिन् ‘रङ्ग राखेर बनाइएका र पछि तेलमा तारेर बनाइने खानेकुराले क्यान्सर निम्त्याउने पदार्थको विकास गर्छ, त्यसैले रङ्गिन झिनियाँको प्रयोग गर्न बन्द गर्नुपर्छ, उपभोक्तालाई समेत रङ्ग मिसाइएको झिनियाँ खरिद नगर्न हाम्रो आग्रह छ ।’ तेलमा नतारिने खानेकुरामा निश्चित मात्रमा खाद्य रङ्ग प्रयोग गर्न सकिने भए पनि तेलमा तारेको वस्तुमा रङ्ग मिसाउँदा क्यान्सरको जोखिम बढाउने छ । 

 एक केजी खाद्यपदार्थमा शुन्ना दशमलव दुईग्राम भन्दा बढी रङ्ग प्रयोग गर्न नमिल्ने कानुनी  व्यवस्था रहेको उनले जानकारी दिइन् । उपभोक्तामा रङ्गिन झिनियाँका कारण क्यान्सर रोगको जोखिम हुन्छ भन्ने चेतना फैलाउन नसक्दा यसको उत्पादन र बिक्री वितरण रोक्न नसकिएको प्रमुख श्रेष्ठको भनाइ थियो । उपभोक्ताले भने सेतो झिनियाँ खरिद गर्न नमान्ने भएकाले सामान्य रङ्ग मिसाएर झिनियाँ बनाउँदै आएको बागलुङ नगरपालिका-१ रामरेखाका झिनियाँ व्यवसायी शर्मिला श्रेष्ठले बताइन्। उनले खाद्यप्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले भने अनुसार रङ्ग प्रयोग गर्ने गरेको जानकारी दिइन्। 

रङ्ग प्रयोग गरिएको भन्दै स्थानीय घरेलु उत्पादनको रुपमा चलिरहेका झिनियाँ रोटीका उद्योगलाई बन्द गर्दा सयौँको रोजिरोटी गुम्ने भएकाले विस्तारै रङ्गको प्रयोग घटाउँदै लैजाने गरी उत्पादनकर्तालाई सचेत बनाउँदै लगिने बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताइन् । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १ : २२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री