सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश « Khabarhub

सर्वोच्चद्वारा रिगलको कैद मिनाहा बदर, तत्काल पक्राउ गर्न परमादेश


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको हो । सर्वोच्चले उनलाई तत्काल पक्राउ गरी थुनामा राख्न परमादेशसमेत जारी गरेको छ ।

संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालगञ्जका चेतन मानन्धरको हत्यामा संलग्न रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय गरेका थिए ।

रिगलको बाँकी कैद सजाय माफी दिने निर्णय पीडितको हक प्रतिकूल देखिएको सर्वोच्चको ठहर छ ।

आफ्ना पति चेतन मानन्धरको हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र कार्यान्वयन गर्ने राष्ट्रपतिविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले पछिल्लो आदेश दिएको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ४ : ०३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको