दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा « Khabarhub

दलबीच समीक्षात्मक बैठक जरुरी : प्रवक्ता सापकोटा


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले लामो समयदेखि थाँती रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन दलहरूबीचको छलफल अत्यन्त सकारात्मक रहेको बताएका छन् । 

आज माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पत्रकार भेटघाटका क्रममा प्रवक्ता सापकोटाले हालै दलका शीर्ष नेताहरूबीच द्विपक्षीय तथा सामूहिकरूपमा समेत छलफल भएको जानकारी दिँदै उनले सबै शीर्ष नेताहरू शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने विषयमा गम्भीर रहेको बताए ।

उनले भने, ‘पार्टीहरूबीच भएको छलफल सकारात्मक रहेको र अब १२ बुँदेका पक्षधरहरूको बीचमा समीक्षासहितको बैठक बसेर कमी-कमजोरी औँल्याउँदै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक सहभागितालगायतको कार्यान्वयनको पनि समीक्षा गर्न जरुरी छ ।’

उनले हालै सम्पन्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

 संसारभरि जलवायु परिवर्तनको असर परिरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिवले नेपाल भ्रमणका क्रममा सगरमाथाको आधार शिविरमा समेत पुगी विश्वभर एउटा सन्देश दिएकाले त्यसप्रति विश्वलाई सोच्न बाध्य गराएको पनि उनले बताए ।

 पार्टीले चलाइरहेको रूपान्तरण अभियान पार्टीको रूपान्तरणका साथै राज्यको पनि शुद्धीकरण अभियान भएको बताए। जारी अभियानबाट विगतमा पार्टीमा भएको अन्तरविरोध समाधान हुँदै गएको दाबी पनि प्रवक्ता सापकोटाको थियो । माओवादीको रूपान्तरण अभियानले अन्तरविरोध हल हुँदै गएको उनको भनाई थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : २५ बजे

राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति

२९ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना

काठमाडौँ – मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत

ट्राफिक प्रहरीद्वारा पाँच हजार ४३४ जनचेतनामूलक कार्यक्रम

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल

म्याग्दी– पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन

एनपीएलमा डेढ अर्बको आर्थिक कारोबार हुने, स्पोन्सरसिपबाट मात्रै २० करोड संकलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)लाई आर्थिक रूपमा निकै उचाइमा