इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा ९ हजारभन्दा बढीको मृत्यु « Khabarhub

इजरायल–हमास द्वन्द्व सुरु भएयता गाजामा ९ हजारभन्दा बढीको मृत्यु


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- इजरायल र हमासबीच द्वन्द्व सुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको सङ्ख्या नौ हजार ६१ पुगेको र घाइतेको सङ्या ३२ हजार नाघेको जानकारी दिए ।

इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको उनले बताए ।

गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको सुरुवातदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टन भन्दा बढी वा प्रति वर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ ।

अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासी आक्रमण गरी हजारौं रकेट प्रहार गरेको थियो र इजरायली भूमिमा घुसपैठ गरेको थियो, जसमा इजरायलमा कम्तिमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो ।

यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीविरुद्ध हवाई आक्रमण र स्थलगत कारबाही सुरु गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : ५० बजे

नेपाली क्रिकेट टोलीको बेलायत भ्रमण तालिका सार्वजनिक, लर्ड्समा बंगलादेशसँग खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीको सन् २०२७ मा हुने बेलायत

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता

काठमाडौँ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले

दाङको शिवखोलामा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

काठमाडाैँ – पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलानजिक बिहीबार यात्रुवाहक

काठमाडौँ महानगरपालिकाले ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने

काठमाडाैँ– काठमाडाैँ महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु

‘रामायण’ र ‘बाटुलो जून’को दबदबाबीच हलमा थपिँदै दुई फिल्म, कसले मार्ला बाजी ?

काठमाडौं– नेपाली बक्स अफिसमा अहिले दुई फिल्मको चर्चा र दबदबा