खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट « Khabarhub

खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइनोभिकोभबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको उक्त भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए।

खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागिताका लागि गम्भीर रहेको बताए।

सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ७ : ३० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको