खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट « Khabarhub

खेलकुदमन्त्री लिम्बू र रुसका राजदूत नोभिकोभबीच भेट


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र नेपालका लागि रुसका राजदूत एलेक्सेइ ए नोभिकोभबीच आज भेटवार्ता भएको छ । सिंहदरबारस्थित खेलकुदमन्त्री लिम्बूको कार्यकक्षमा भएको उक्त भेटमा सन् २०२४ को मार्चमा रुसको कजानमा हुने ‘गेम्स अफ फ्युचर’ का साथै खेलकुदका विविध पक्षबारे छलफल भएको थियो ।

राजदूत नोभिकोभले गेम्समा नेपालको सहभागिताबारे यकिन हुन चाहेको बताउँदै गेम्सको उद्घाटन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समय मिले त्यसको तयारी गर्न रुस तयार रहेको बताए।

खेलकुदमन्त्री लिम्बूले नेपाल–रुसबीचको लामो र सुमधुर सम्बन्धलाई यस्ता कार्यक्रमले अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै गेम्समा सहभागिताका लागि गम्भीर रहेको बताए।

सो अवसरमा सन् २०२४ मा रुसकै सोचीमा मार्चमै हुने विश्व युवा महोत्सवमा नेपालको सहभागिताबारे पनि कुराकानी भएको थियो । सोही अवसरमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ७ : ३० बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला