चीनमा लगातार तेस्रो महिना घरको मूल्यमा गिरावट | Khabarhub Khabarhub

चीनमा लगातार तेस्रो महिना घरको मूल्यमा गिरावट


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा लगातार तेस्रो महिना घरको मूल्य घटेको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले जारी गरेको पछिल्लो तथ्यांकअनुसार सेप्टेम्बर महिनामा मुलुकमा घरको मूल्यमा ० दशमलब २ प्रतिशतको गिरावट देखिएको छ । अघिल्लो महिना अगस्टमा यो ० दशमलब ३ प्रतिशतले घटेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यस तथ्यांकबाट पछिल्लो समय संकटबाट गुज्रिरहेको चीनको घरजग्गा क्षेत्र अझै सुदृढ हुन नसकेको देखिएको छ ।

कुनै समय चीनको आर्थिक वृद्धिको महत्वपूर्ण हिस्सा ठानिएको घरजग्गा व्यवसायमा पछिल्लो समय गिरावट आएको छ । सन् २०२० यता कठोर सरकारी नियमनको सामना गरिरहेको यस क्षेत्रलाई पुनः चलायमान बनाउन सरकारले प्रयास गरेपनि असफल हुन नसकेको रोयटर्सको विश्लेषण छ ।

चीनमा सेप्टेम्बर र अक्टोबर महिनामा अन्य समयको तुलनामा बढी नयाँ घरको कारोबार हुने गरेको बताइन्छ । तथ्यांकमा उल्लेखित ७० मध्ये ५४ सहरमा घरको मूल्यमा गिरावट देखिएको छ ।

यसअघि अगस्ट महिनामा ७० मध्ये ५२ सहरमा घरको मूल्यमा गिरावट देखिएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  १२ : २६ बजे

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर

सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक : स्वास्थ्यमन्त्री

काभ्रे– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकलाई सहजरूपमा सेवा प्रदान

एसीसी यु–१९ एसिया क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौँ– एसीसी यु–१९ एसिया कप क्रिकेटमा आज दुई खेल हुँदैछन्

प्रथम महिला समाचार वाचक कृष्णा ताम्राकार

कृष्णा ताम्राकार भन्ने बित्तिकै धेरैको स्मरणमा रेडियो नेपालको साढे २