मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई राष्ट्रसंघको आग्रह « Khabarhub

मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई राष्ट्रसंघको आग्रह


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मेरी ललोरले मानव अधिकारकर्मी गुओ फेइसिओङलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी छिन् ।

ललोरले फेइसिओङको स्वास्थ्य बिग्रिँदै गएका कारण उनलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मानवीयताका आधारमा फेइसिओङलाई रिहा गर्न आग्रह गरिएको हो । उनले सन् २००६ यता फेइसिओङको रिहाइका लागि चीनलाई १० पटक जरुसी सूचना पठाएको जानकारी दिइन् ।

उनलाई सन् २००५ देखि १३ वर्षसम्म बन्दी बनाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक उनलाई सन् २०२१ मा पक्राउ गरिएको थियो । उनलाई राज्यशक्तिको विनाश गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको छ ।

उनले आफ्नो पक्राउको विरोधमा भोक हड्ताल थालेको जनाइएको छ । भोक हड्तालका कारण उनको स्वास्थ्यमा प्रतिकूल असर परेको र उनको तौल पनि घटेको ललोरले बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ३८ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।