मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई राष्ट्रसंघको आग्रह « Khabarhub

मानव अधिकारकर्मीलाई तत्काल रिहा गर्न चीनलाई राष्ट्रसंघको आग्रह


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- मानव अधिकारका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि मेरी ललोरले मानव अधिकारकर्मी गुओ फेइसिओङलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी छिन् ।

ललोरले फेइसिओङको स्वास्थ्य बिग्रिँदै गएका कारण उनलाई तत्काल रिहा गर्न चीनसमक्ष आग्रह गरेकी हुन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मानवीयताका आधारमा फेइसिओङलाई रिहा गर्न आग्रह गरिएको हो । उनले सन् २००६ यता फेइसिओङको रिहाइका लागि चीनलाई १० पटक जरुसी सूचना पठाएको जानकारी दिइन् ।

उनलाई सन् २००५ देखि १३ वर्षसम्म बन्दी बनाइएको संयुक्त राष्ट्रसंघले जनाएको छ । पछिल्लो पटक उनलाई सन् २०२१ मा पक्राउ गरिएको थियो । उनलाई राज्यशक्तिको विनाश गरेको आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाइएको छ ।

उनले आफ्नो पक्राउको विरोधमा भोक हड्ताल थालेको जनाइएको छ । भोक हड्तालका कारण उनको स्वास्थ्यमा प्रतिकूल असर परेको र उनको तौल पनि घटेको ललोरले बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  २ : ३८ बजे

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल